Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

हिमाल हेर्न जलजला पुग्ने पर्यटकका लागि फड्के


२५, कात्तिक २०८०
  • 275
    SHARES
  • हिमाल हेर्न जलजला पुग्ने पर्यटकका लागि फड्के

    बागलुङ । बर्खा सकिएसँगै खोलामा पानीको बहाव घटेको छ । पानीको बहाव घटे पनि बागलुङका धेरै खोलानालामा झोलुङ्गे पुलमार्फत वारपार गर्नुपर्छ । जिल्लाको सयौँ स्थानमा झोलुङ्गे पुल निर्माण भए पनि अझै धेरै ठाउँमा निर्माण गर्नुपर्ने आवश्यकता छ । 

    पुल नबनेको ठाउँमा स्थानीय काठको साँघु र फड्के तर्ने गर्छन् । पछिल्लो समय ढोरपाटन उपत्यकामा जानेको भिडभाड छ । ढोरपाटन पुग्ने पर्यटक गुर्जाघाट हुँदै जलजलासम्म पुग्ने गरेका छन् । जलजलासम्म पुग्न उत्तरगंगा खोला धेरै ठाउँमा तर्नुपर्ने हुन्छ ।

    बर्खामा खोलाले काठको साँघु बगाइदिएपछि ढोरपाटन उपत्यकाको होटल व्यवसायी सङ्घ र नेपाली सेनाले उत्तरगङ्गा खोला तर्नका लागि दुई स्थानमा फड्के निर्माण गरेका छन् । जलजला पुग्ने पर्यटकलाई खोला वारपारमा समस्या भएपछि फड्के निर्माण गरेको स्थानीय होटल व्यवसायी श्यामलाल रेग्मीले बताउनुभयो ।

    जलजलासम्म नै गाडी पुग्ने भए पनि धेरैजसो पर्यटक मोटरसाइकलमा जाने हुँदा उनीहरुको सहजताका लागि फड्के बनाएको रेग्मीको भनाइ छ । फड्के बनाएपछि अब ट्रेकिङ जाने आन्तरिक पर्यटकलाई समेत सहज हुने उहाँ बताउनुहुनछ । 

    “ढोरपाटन आउने अधिकांश पर्यटकले हिमालको अवलोकन गर्न खोज्छन्, त्यसका लागि गुर्जाघाट हुँदै जलजला पुग्नुपर्ने हुन्छ, पर्यटकको यात्रालाई सहज बनाउनका लागि दुई ठाउँमा फड्के निर्माण गरेका छौँ, जलजालसम्म गाडीनै जान्छ, तर धेरै जासो बाइकमा जाने हुँदा खोलामा समस्या हुन्थ्यो”, घिमिरेले भन्नुभयो, “अब सहजै रुपमा जलजला पुग्न सकिने छ, बर्खामा खोला ठूलो आउँछ, फड्के हुँदैन, यात्रा पनि गर्न गाह्रो हुन्छ, दुई दिन लगाएर दुई ठाउँमा काम गरियो ।”

    फड्के निर्माण भएपछि यात्रा गर्न सहज भएको स्थानीय नीमबहादुर विकले बताउनुभयो । युवायुवती सहज रुपमा खोला तर्न सके पनि बालबालिका र वृद्धवृद्धालाई निकै समस्या हुने गरेको भन्दै अब सजिलै वारपार गर्न सकिने उहाँको भनाइ छ ।

    यहाँ हिउँदमा फड्के हाल्ने बर्खामा खोलाले बगाइदिने गरेको भन्दै स्थायी समाधानका लागि झोलुङ्गे पुल आवश्यक रहेको विकले बताउनुभयो । सरोकारवाला निकायमा बारम्बार पुलको माग गरे पनि सुनुवाइ हुन नसकेको उहाँले गुनासो गर्नुभयो । 

    निसीखोला गाउँपालिका–६ भल्कोटमा पनि स्थानीयले निसीखोलामा साँघु निर्माण गरेका छन् । बस्ती वारी र जग्गा जमिन खोला पारी भएको हुँदा स्थानीयले वर्षौँदेखि साँघुकै भरमा वारपार गर्ने गरेका छन् । खोलामा झोलुङ्गे पुल नहुँदा बर्खाको समयमा घण्टौँ समय लगाएर टाढा रहेको झोलुङ्गे पुलबाट वारपार गर्ने गरेको भन्दै अहिले खोलामा पानीको बहाव खटेको हुँदा गाउँलेहरुले झारा गरेर साँघु हालेको स्थानीय फूलबहादुर बुढा मगरले बताउनुभयो । 

    अब बर्खा नलाग्दासम्म यही साँघुबाट स्थानीयले खोला वारपार गर्ने बुढा मगरको भनाइ छ । साँघु वारपार गर्न सहज भए पनि निकै जोखिमपूर्ण हुने उहाँले बताउनुहुन्छ । साँघु तर्नुपर्ने यहाँका स्थानीयको बाध्यता रहेको बुढा मगरको भनाइ छ ।

    उहाँले भन्नुभयो, “पुल नहुँदा खोलाले बगाएर अहिलेसम्म धेरैले ज्यान गुमाइसके, यस्तो अवस्थामा पनि राज्यको नजर यहाँसम्म पुगेको छैन, हामीहरु कति दिनसम्म यस्तो जोखिमपूर्ण यात्रा गर्ने ? हरेक दिन वारपारी गरि राख्नुपर्छ, हामीहरु पनि कैयौँ पटक खोलामा खस्यौँ, भाग्यले बाच्यौँ, एउटा झोलुङ्गे पुल बन्न सके त यहाँका जनताले सास्ती खेप्नु पर्ने थिएन नि, कस्ले सुन्ने यहाँका जनताको समस्या ?”

    निसीखोला, तमानखोला, ढोरपाटन क्षेत्रमा रहेक वर्ष दर्जन बढी झोलुङ्गे पुल निर्माण भइरहेका छन् । धेरै खोलाहरु हुँदा एक ठाउँदेखि अर्को ठाउँसम्म पुग्न पुलको आवश्यक पर्छ । विकटको तुलनमा धेरै ठाउँमा पुल बनेर सहज भए पनि अझै दर्जनौँ स्थानमा झोलुङ्गे पुल बनाउनु पर्ने आवश्यक छ । लामा तथा छोटा झोलुङ्गे पुलले स्थानीयलाई सहज बनाउनुका साथै पर्यटक आकर्षण पनि गरिरहेका छन् ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend