Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ओझेलमा ‘देवीकोट’


२७, कात्तिक २०८०
  • 187
    SHARES
  • ओझेलमा ‘देवीकोट’

    तुलसीपुर । लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीको सिरमा रहेको पर्यटकीय गन्तव्य देवीकोट ओझेलमा परेको छ । त्यहाँ रहेको देवीकोट मन्दिर, त्यहाँबाट देखिने सेताम्मे हिमाल र तराईका फाँटले आकर्षण थपेको भए पनि त्यो स्थानको प्रचार प्रसारको अभावमा पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । 

    धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो स्थानका रुपमा लिइएको देवीकोट देउखुरी उपत्यकाबाट आठ किलोमिटर मात्रै उकालो चढ्नुपर्छ । यसपछि देवीकोटको पहाडी हावापानीको आनन्द लिन सकिन्छ ।

    देउखुरीमा स्थायी राजधानी भएपछि देवीकोटलाई नै पर्यटनको गन्तव्यका रुपमा लिन सकिने राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । 

    स्थायी राजधानी देउखुरीको मौरीघाटबाट जान कच्ची सडक छ । तर, त्यहाँ पुगेपछि देवीकोट मन्दिरको दर्शन गर्न सकिन्छ । ऐतिहासिक भए पनि त्यो मन्दिरको भौतिक संरचना भने पर्याप्त मात्रामा निर्माण गर्न सकिएको छैन । 

    मन्दिरको पर्खाल भत्किएको छ । सोही ठाउँमा सतिदेवीको बाँया घुँडा पतन भएको किम्वदन्ती रहेको छ । तर, पनि त्यहाँ आवश्यक संरचना तयार नहुँदा भक्तजनको त्यति धेरै आकर्षण छैन । सोही ठाउँमा मन्दिरका अन्य संरचना निर्माण तथा मन्दिर निर्माणस्थलको जमिन जोगाउनतर्फ ध्यान दिनुपर्ने पालिका अध्यक्ष विष्टले बताउनुभयो ।

    “मन्दिर निर्माणस्थलमा पनि पहिरो गएको छ, अन्य संरचना पनि निर्माण भएका छैनन्”, उहाँले भन्नुभयो, “यसमा सङ्घ र प्रदेश सरकारले चासो दिनुपर्छ ।”  

    त्यहाँ विद्युत्को पोल र तार जडान गरिएको छ, तर, विद्युत् अझै बल्न सकेको अवस्था छैन । कच्ची सडक छ, तर, सहज यातायात छैन । खानेपानीको पनि समस्या छ । 

    यी सबै समस्या समाधान भएमा प्रदेशको पर्यटनको एउटा गन्तव्य बन्न सक्ने अध्यक्ष विष्टको भनाइ छ । प्रदेश राजधानीदेखि नजिकै भएकाले जो कोही पनि सोही ठाउँमा गएर दर्शन गर्न सक्ने उहाँको भनाइ छ । 

    त्यहाँबाट सिस्ने हिमाललगायत अन्य हिमशृङ्खला पनि देखिने, पहाडको अवलोकन गर्न पनि पाइने र भारतका केही भू–भाग पनि देख्न सकिन्छ । 

    त्यहाँ स्थानीय ढिडो, रोटी, स्थानीय जातका कुखुरा, खसीलगायतका खानेकुरा पनि पाइन्छन् । यसले गर्दा घरवास (होमस्टे)को पनि राम्रो सम्भावना भएको बताइएको छ ।  

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend