Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

देउखुरीकाे देविकाेट पर्यटकीय गन्तव्यस्थल बन्दै


१५, मंसिर २०८०
  • 177
    SHARES
  • देउखुरीकाे देविकाेट पर्यटकीय गन्तव्यस्थल बन्दै

    दाङ । दाङको देउखुरीकाे धार्मिक तथा पर्यटकीयस्थल पछिल्लो समय पर्यटकीय गन्तब्यस्थल बन्न थालेकाे छ । लुम्बिनी प्रदेशकाे राजधानीस्थल दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-९, देविकाेटमा प्याराग्लाइडिङ उडानकाे उद्घाटन र रिडी राप्ती एग्राे रिसाेर्ट शिलान्यास गरे संगै देविकाेट पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्न थालेकाे हाे ।

    रिडी राप्ती ग्रुप प्रा.लि को प्रथम साधारणसभाको अवसरमा बाबू एडभेन्चर्सले लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका ९ देवीकोटबाट प्याराग्लाइडिङको उद्घाटन गरेको छ । 

    लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका दाङको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले शुक्रबार राप्ती गाउँपालिका वडा नम्बर ९ देविकाेटबाट व्यावसायिक रुपमै प्याराग्लाइडिङ गर्ने तयारीका साथ प्याराग्लाइडिङको उद्घाटन गरिएको हो ।

    देवीकोटबाट उडान गरिएको प्याराग्लाइडिङको ल्याण्डिङ राप्ती गाउँपालिका ४ सुन्दरपुरमा गरिएको थियोे । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्ट, वडा नं. ४ का वडा अध्यक्ष वीरबहादुर चाैधरी, महिला नेतृ दिलकुमारी राेका, प्रालिका अध्यक्ष मानबहादुर बुढा मगर र पत्रकार गोविन्द खड्काले ६ वटा प्याराग्लाइडिङबाट उडान गर्नु भएको थियो ।

    लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर र राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले संयुक्त रुपमा प्याराग्लाइडिङको उद्घाटन गरेका हुन् । बाबु एडभन्चर्सका प्रमुख पाइलट सानुबाबु सुनुवारको ३ जनाले प्याराग्लाइडिङको उडान गरेका थिए । 

    यसै बीच प्रालिद्वारा निर्माण हुन लागेको राप्ती एग्रो रिसोर्टको समेत शिलान्यास गरिएकाे छ । प्रालिका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा रिसोर्टको शिलान्यास गरिएको हो ।

    सो अवसरमा बोल्दै सभामुख घर्तीले लुम्बिनी प्रदेशको राजधानीको पर्यापर्यटन सँग प्याराग्लाइडिङ र रिसोर्टले जोड्ने बताएका थिए । त्यस्तै उनले त्यस क्षेत्रका स्थानीयहरूको आम्दानी सँग समेत जोड्ने बताएका थिए । त्यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिकाको विकास, प्रचारप्रसार तथा पर्यटन क्षेत्रको विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।

    कार्यक्रमको सञ्चालन प्रालिका सञ्चालक झकेन्द्र घर्ती मगरले गरेका थिए ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend