Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न निर्देशन


२३, मंसिर २०८०
  • 174
    SHARES
  • पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न निर्देशन
    विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका निकायले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।
     
    प्रदेश वन निर्देशनालय, धरानद्वारा आयोजित सो कार्यक्रममा मन्त्रालयअन्तर्गतका वन निर्देशनालय, पर्यटन विकास आयोजना, जलाधार व्यवस्थापन कार्यालय धनकुटा र ओखलढुङ्गा, पर्यटन कार्यालय धरान र काँकडभिट्टा, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, प्रदेशका १५ वटा डिभिजन वन कार्यालय तथा सङ्घीय सरकारअन्तर्गतका वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र, चुरे उत्थानशील आयोजनाले आ–आफ्नै कार्यपत्र प्रस्तुत गरेका थिए ।
     
    पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उपे्रतीले कर्मचारीलाई आफ्नो क्षमता तथा दक्षता वृद्धि गरी सिर्जनशीलका साथ आफ्नो जिम्मेवारी सम्पन्न गर्न, वित्तीय अनुशानस कायम गर्न, प्राकृतिक स्रोतको संरक्षण गर्न र पर्यटन प्रवद्र्धनका कार्य योजना तयार गर्न निर्देशन दिनुभयो ।
     
    मन्त्रालयका सचिव विशाल घिमिरेले समग्र पर्यटन, वन, वातावरण, भू–संरक्षण, जैविक विविधता संरक्षण, मानव वन्यजन्तु द्वन्द्वबारे मन्तव्य गर्दै चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रमलाई, बेरुजु नहुने गरी पारदर्शिताका साथ सम्पन्न गर्न सबै मातहतका कार्यालयलाई निर्देशन दिनुभयो । उहाँले कर्मचारीको न्यायोचित व्यवस्थापन गरी मौजुदा जनशक्तिबाट उच्चतम प्रतिफल आउने गरी काम गर्न आग्रह गर्नुभयो । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend