Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बुटवलमा आजदेखि लुम्बिनी एक्स्पाे अन्तर्राष्ट्रिय व्यापार मेला


५, पुस २०८०
  • 220
    SHARES
  • बुटवलमा आजदेखि लुम्बिनी एक्स्पाे अन्तर्राष्ट्रिय व्यापार मेला

    बुुुटवल । बुटवलमा आजदेखि लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला लाग्ने भएको छ ।

    रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका पुसको १८ गतेसम्म लुम्बिनी एक्स्पो २०८० संचालन हुनेछ । एक्स्पोको बिहीबार आज दिउँसो पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा १०विदेशीसहित ६ सय स्टल रहेका छन् ।

    जसमा होटल तथा रेष्टुरेन्टका – २३, उनी, गार्मेन्ट तथा तयारी पोशाकका – १४१, अन्तर्राष्ट्रिय – १०, कृषि – ४३, ब्याग/जुत्ताचप्पल – ६८, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी – ७८, श्रृंगार, उपहार तथा खेलौना – ५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान – ५३, बैंक/वित्तीय संस्था तथा शैक्षिक संस्था – १८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस – ६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स – १६, आइसक्रिम तथा वेकरीज – १८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस – ८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहेकाे रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

    मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको घिमिरेले बताए । मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसार गरिने आयोजकले बताएका छन् ।

    कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिलता छाएका बेला यो मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने आयोजकको दाबी छ । त्यस्तै मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने छ । त्यसैगरी डान्स आइडियल, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता, र्याप गीत प्रतियोगिता र भजन प्रतियोगिता गराइने आयोजकले बताए ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend