Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मर्स्याङ्दी कोरिडोरमा पर्यटन सम्भावना अध्ययन गरिँदै


९, पुस २०८०
  • 150
    SHARES
  • मर्स्याङ्दी कोरिडोरमा पर्यटन सम्भावना अध्ययन गरिँदै
    तनहुँ । मर्स्याङ्दी नदी कोरिडोरअन्तर्गतका स्थानीय तहले समग्र कोरिडोर क्षेत्रको पर्यटन प्रवर्द्धन र औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन गर्ने भएका छन् । तनहुँको बन्दीपुरमा आइतबार बसेको अन्तरपालिका समन्वय बैठकबाट कोरिडोर क्षेत्रमा युवालाई रोजगारी सिर्जना गर्ने गरी औद्योगिकग्राम बनाउने लक्ष्यका साथ अध्ययन गरिने भएको हो । 
     
    गण्डकी प्रदेशले एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएअनुरुप यस कोरिडोरमा सम्भाव्यता भएका पर्यटकीयस्थल प्रशस्त रहेकाले पहिचान र अध्ययनका लागि अन्तरपालिका अध्ययन उपसमिति गठन गरिएको भानु नगरपालिकाका प्रमुख एवं मर्स्याङ्दी नदी करिडोर समन्वय समितिका संयोजक आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरिडोरका पालिकामा पर्ने पर्यटकीय स्थानको अध्ययन गरी एक अर्को पालिकासँग समन्वय र प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ । 
     
    त्रिपाठीले भन्नुभयो, “एक पालिका एक उद्योग बनाउने सरकारको लक्ष्य एउटै पालिकामा खर्च गर्दाभन्दा समग्र उद्योग सञ्चालन हुँदा सहज र ठूलो उद्योग स्थापना गर्न सकिन्छ । कोरिडोरभित्रका पालिकासँग समन्वय गरी एक ठाउँमा ठूलै उद्योग सञ्चालन गर्नुपर्छ । साथै पर्यटन प्रवर्द्धनलाई आयआर्जनसँग जोड्न आवश्यक छ । त्यसैले यहाँका प्राकृतिक सुन्दरतालाई आम्दानीसँग जोड्ने हाम्रो लक्ष्य हो ।” अहिले पालिकाबाट निस्कने फोहरमैला व्यवस्थापन व्यापक समस्या बनेको भन्दै उहाँले अहिले पालिकाअनुसार नै फोहरमैला विर्सजन भइरहेको जानकारी दिनुभयो ।
     
    फोहरमैलाको उचित ढङ्गबाट विर्सजन नभएमा दीर्घकालका निम्ति सुरक्षित र वायुमण्डललाई असर गर्ने भएकाले समयमै यसतर्फ सबै सचेत हुनुपर्नेमा त्रिपाठीले जोड दिनुभयो । “अहिले त सिसाजन्य फोहरमैला वृद्धि हुँदै गएको छ । यसकारण यसको दीर्घकालीन व्यवस्थापन आवश्यक छ”, उहाँले भननुभयो, “कोरिडोरका स्थानीय तहभित्र सिसाजन्य फोहरमैलालाई दुई वा दुईभन्दा बढी पालिकालाई पायकपर्ने उपयुक्त स्थान छनोट गरी लगानी साझेदारीको माध्यमबाट व्यवस्थापन गर्ने निर्णय भएको छ ।”
     
    साथै यस कोरिडोरअन्तर्गतका पालिकामा ठूला टार प्रशस्त छन् । टार बाँझिने अवस्था बढ्दै गएकाले यी टारको उपयोग हुने गरी कृषि क्षेत्रमा लगानी बढाएर युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा समेत छलफल भइरहेको संयोजक त्रिपाठीले बताउनुभयो । 
     
    लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीको संयोजकत्वमा राईनास नगरपालिकाका प्रमुख  खड्कबहादुर गुरुङ र तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा सदस्य रहने गरी मस्र्याङदी कोरिडोर पर्यटन उपसमिति गठन गरिएको छ । 
     
    मर्स्याङ्दी नदि कोरिडोर समन्वय समितिमा हाल तनहुँको भानु नगरपालिका, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका, लमजुङको बेँशीसहर, सुन्दरबजार र राइनास नगरपालिका तथा दोर्दी गाउँपालिका र गोरखाको पालुङटार नगरपालिका समावेश छन् । मर्स्याङ्दी नदी कोरिडोरअन्तर्गत पर्ने लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई समावेश गर्नुका साथै यस कोरिडोरमा पर्ने अन्यपालिकासँग पनि आगामी दिनमा समन्वय र सहकार्य गर्ने निर्णय भएको छ ।
     
    कोरिडोरअन्तर्गतका स्थानीय तहबीच तीन/तीन महिनामा संयुक्त बैठक बस्नेछ । आगामी बैठक फागुन १२ गते बेँशीसहर नगरपालिकामा बस्ने निर्णय भएको समितिले जनाएको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend