Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दुई जनालाई कारले हानेर फरार चालक आफैं प्रहरीकहाँ पुगे


११, पुस २०८०
  • 267
    SHARES
  • दुई जनालाई कारले हानेर फरार चालक आफैं प्रहरीकहाँ पुगे

    पोखरा । पोखरामा मंगलबार बिहान दुई जना पैदलयात्रीको मृत्यु हुने गरेर भएको कार दुर्घटनापछि फरार चालक प्रहरीको सम्पर्कमा आएका छन् ।

    कास्कीको माछापुच्छ्रे गाउँपालिका २ खादरजुङ्ग बस्ने ३२ वर्षीय भक्तराम गुरुङ वडा प्रहरी कार्यालय बैदाममा मंगलबार दिउँसो आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    गए राति १ बजेतिर पोखरा महानगरपालिका वडा नम्बर ५ पर्स्याङस्थित सिद्धार्थ बैंकअगाडि बागलुङ बसपार्कबाट जिरो किमितर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

    कारको ठक्करबाट मृत्यु हुनेमा बागलुङ ढोरपाटन नगरपालिका ६ घर भई हाल पोखराको नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र अर्का एक अन्दाजी ३५ वर्षका पुरुष छन् । 

    उनीहरूको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो । दुर्घटना कसरी भयो, चालकको अवस्था कस्तो थियो, कारमा अरु थिए/थिएनन् भन्ने अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend