Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पर्यटन प्रवर्द्धन गर्न फोटो प्रदर्शनी


२०, पुस २०८०
  • 203
    SHARES
  • पर्यटन प्रवर्द्धन गर्न फोटो प्रदर्शनी

    हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडाको बुद्धचोकमा शुक्रबारदेखि फोटो प्रदर्शनी सुरु भएको छ । मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि पुस २१ गतेसम्म हुने फोटो प्रदर्शनीमा ६० वटा फोटो राखिएको हो । 

    फोटो प्रदर्शनीको उद्घाटन गर्नुहुँदै हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामाले समग्र मकवानपुरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने विषयमा जनप्रतिनिधिहरुबिच छलफल भइरहेको बताउनुभयो । 

    भारतीयलाई मकवानपुरमा आकर्षित गर्नसके पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । विभिन्न देश तथा स्थानीय तहसँग भगिनी सम्बन्ध बनाउने काम पनि भइरहेको बताउँदै नगर प्रमुख लामाले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिनुभयो । 

    गणेश विष्ट रामकुमार कार्की, कृष्ण अधिकारी, रुपेश जेपाल, श्रीकृष्ण श्रेष्ठ, विज्ञान विष्ट, प्रेम बलामी, सुरजकुमार भुजेल र शम्भु अधिकारीले खिचेको फोटोहरू प्रदर्शनीमा राखिएका छन् । थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिक स्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका फोटो प्रदर्शनीमा राखिएको छ । 

    काठमाडौँबाट नजिक रहेको थाहामा पर्यटनको प्रचुर सम्भावना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाई समेटेर गरिएको फरक सोचका संयोजक यादवजंग रायमाझीले बताउनुभयो ।

    थाहा नगरसँगै इन्द्रसरोवर गाउँपालिका आसपासका क्षेत्र आन्तरिक एवम् बाह्य पर्यटकको रोजाइमा परिरहेको सन्दर्भमा आयोजना गरिएको फोटो प्रदर्शनीले यहाँको पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने आयोजकको भनाइ छ । 

    थाहा नगरपालिकाको आयोजना एवम् हेटौँडा उपमहानगरपालिका, नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखा र फोटो पत्रकार सङ्घ मकवानपुरको सहयोगमा तथा फरक सोच र शिखर क्लबको व्यवस्थापनमा प्रदर्शनी भइरहेको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend