Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सर्लाही घट्नाको सत्यतथ्य छानबिन गर्न काँग्रेसको माग


२१, पुस २०८०
  • 125
    SHARES
  • सर्लाही घट्नाको सत्यतथ्य छानबिन गर्न काँग्रेसको माग

    सर्लाही । नेपाली काँग्रेसले सर्लाहीको बरहथवा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ ।

    प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएको घटनामा ध्यानाकर्षण भएको जनाउँदै काँग्रेसले घट्नाको छानबिन गर्न माग गरेको छ । 

    मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनामा केही व्यक्ति घाइते भएको र त्यसपछि उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्दै काँग्रेसले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । 

    ‘घटनाको सत्यतथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली काँग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

    हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन समेत काँग्रेसले आग्रह गरेको छ । 

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend