अर्घाखाँची । अर्घाखाँचीमा हुन थालेको पर्यटन प्रवर्द्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार अर्घाखाँची जाने हुनुभएको छ ।
अर्घाखाँचीको आर्थिक विकास, पर्यटन, प्रवर्द्धन तथा स्थानीय रोजगारीका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम भन्ने मुल नाराका आयोजना हुन लागेको कार्यक्रमको शुभारम्भ गर्न प्रधानमन्त्री दाहाल जान लाग्नुभएको हो ।
जिल्लामा बढ्दै गएको बसाइसराई रोक्न र जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कार्यक्रम आयोजना गरिएको हो । जिल्लामा रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रलाई एकीकृत प्याकेजका रूपमा विकास गरेर पर्यटक आकर्षण गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।