रूपन्देही । देवदह नगरपालिका-६ गिद्धे भिरस्थित सडकमा लु २ ख ४५०९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार साँझ दुर्घटना हुँदा टिपरमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा टिपरमा सवार पाल्पा माथगढी गाउँपालिका रहबास बस्ने ३५ वर्षीया भिमिसरा सारू र २३ वर्षीया सृजना सारूकी छोरी २ वर्षीया प्रसला सारू रहेका छन् । दुर्घटनामा घाइते भएका टिपर चालक समेत २ जनालाई उपचारको लागि मेडिकल कलेज भुलही पठाइएको छ ।