रूपन्देही । रुपन्देही ब्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित हुनभएकाे छ । शुक्रबार सम्पन्न संघको १२ औं अधिवेशनबाट आफ्ना प्रतिष्पर्धी डिल्लीराज भण्डारीलाई ८० मतको अन्तरले हराउँदै अधिकारी अध्यक्षमा निर्वाचित हुनभएकाे हाे ।
यसअघि संघका द्वितीय उपाध्यक्ष रहेका अधिकारीले ५४३ मत ल्याएर विजयी हुनुभयाे भने संघका बरिष्ठ उपाध्यक्ष रहेका भण्डारीले ४६३ मत पाउनुभयाे ।
अधिकारी र भण्डारीले अलग अलग प्यानल बनाएर निर्वाचन लडेका थिए । संघको अन्य पदाधिकारी र सदस्यहरुमा दुवै प्यानलको मिश्रित परिणाम आएको छ ।
संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधी भण्डारी बिजयी हुनुभएकाे छ । भण्डारीले ५३५ मत पाएर बिजयी हुँदा उहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाउनुभयाे ।
त्यसैगरी द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेमनाथ पाण्डे,संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल, सचिव पदमा भण्डारी प्यानलका मनोहरी बस्याल, सहसचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेल, सहकोषाध्यक्ष पदमा अधिकारीको प्यानलका अर्जुन प्रसाद भट्टराई निर्वाचित हुनुभएकाे छ । संघको बरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त अघि नै निर्विरोध निर्वाचित भई सकेका थिए ।
संघको सदस्य पदमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भटराई आचार्य, ईश्वरा देवकोटा, अशोक ज्ञवाली, गकुल ज्ञवाली, गोबिन्द प्रसाद चापागाई, घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल बिजयी हुनुभएकाे छ ।
त्यसैगरी सदस्य पदमै शोभा कुमारी जोशी क्षेत्री, नलराज नेपाल, बालकृष्ण बस्याल, माधव प्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ बिजयी हुनु भएकाे छ । कुल १६ सय १ जना मतदाता रहेको संघको निर्वाचनमा एकहजार ८७ मत खसेको थियो । साँझ ८ बजे सुरु भएको मतगणनाको अन्तिम परिणाम राति ३ बजे घोषणा भएको थियो ।