Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अयोध्या राम मन्दिरमा नयाँ मूर्तिको प्राण प्रतिष्ठा गरिने, मोदीद्वारा ११ दिने उपवास


६, माघ २०८०
  • 499
    SHARES
  • अयोध्या राम मन्दिरमा नयाँ मूर्तिको प्राण प्रतिष्ठा गरिने,  मोदीद्वारा ११ दिने उपवास

    अयोध्या । भारतको अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठा अन्तर्गत चौथो दिनको अनुष्ठान चलिरहेको छ ।

    सो क्रममा गर्भगृहबाट भगवान् रामको नयाँ तस्बिर सामने आएको हो । प्राण प्रतिष्ठाको अनुष्ठानको चौथो दिन शुक्रबार बिहान ९ बजे अरणी मन्थनबाट अग्नि प्रकट गरिएको छ ।

    अग्नि प्रकटपछि चौथो दिनको अनुष्ठान अगाडि बढेको र यज्ञ मण्डपको हवनको प्रक्रिया पनि शुरु हुने बताईएको छ । 

    बिहीबार राति भगवानको अनुहार ढाकेर राखिएकोमा शुक्रबार बिहान मूर्ति बाहिर सार्वजनिक गरिएको थियो । उक्त मूर्ति बुधबार नै राम मन्दिरभित्र पुगेको थियो ।

    माघ ८ गते सोमबारसम्म प्राण प्रतिष्ठा गरिने उल्लेख छ । मंगलबारदेखि नयाँ मन्दिर सबै भक्तका लागि खुल्ल गरिने जनाईएको छ । 

    सोमबारको प्राण प्रतिष्ठाको विशेष कार्यक्रममा आठ हजार अतिथिलाई निम्तो दिइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही प्राण प्रतिष्ठाको पूजाका लागि ११ दिने उपवासमा बसेका छन् । 

    यसैबिच सोही अबसरमा यहि माघ ८ गते बुटवल उपमहानगरपालिका १ गढिटोलमा अवस्थित हनुमान मन्दिरबाट भव्य शोभायात्रा निकालिने भएको छ ।

    सो अबसरमा सम्पूर्ण भक्तजनहरुलाई उपस्थितिको लागि धार्मिक अभियान्ता मनाेज मित्तलले अनुरोध गर्नुभएकाे छ ।

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend