Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

खड्काले खोले भण्डारी र भट्टराईको काला कर्तुत, स्काउटलाई करोडौं नोक्शानी पुर्याएको दाबी(भिडियोसहित)


६, फागुन २०८०
  • 202
    SHARES
  • खड्काले खोले भण्डारी र भट्टराईको काला कर्तुत, स्काउटलाई करोडौं नोक्शानी पुर्याएको दाबी(भिडियोसहित)

    काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद दीपक खड्काले नेपाल स्काउटको वर्तमान तदर्थ नेतृत्वले आफ्नो विरुद्धमा नियोजित रूपमा व्यक्तिगत तथा राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न अनर्गल, मिथ्या र तथ्यहिन समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै आपत्ति जनाएका छन् । खड्काले आफू नेतृत्वको खड्का ल्याण्ड डेभलप्मेन्ट प्रा.ली.लाई जोडेर स्काउटको वर्तमान तदर्थ नेतृत्वले तथ्यहीन रुपमा प्रहार गरेको दाबी गरेका छन् ।

    आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै खड्काले भने–‘नेपाल स्काउट र यसको वर्तमान नेतृत्व लोकबहादुर भण्डारी र रामप्रसाद भट्टराईले नेपाल स्काउटजस्तो पवित्र सामाजिक संस्थामा बसेर त्यो संस्थाको ब्रम्हलुट गर्दै आएका छन् । निजहरुले आफ्नो कर्तुतहरुलाई छोप्न र आम शुभेच्छुक तथा नागरिकहरुको ध्यानलाई अन्यत्र मोड्न यो प्रपञ्च गराईरहेका छन् । साथै, प्रायोजित रुपमा मेरो राजनितिक जीवन समाप्त गर्न गरिएको डिजाइन मात्र हो भन्ने कुरामा कुनै द्धिविधा छैन ।’

    पत्रकार सम्मेलनमार्फत खड्काले नेपाल स्काउटमा भए/गरेका बेथितिहरुको पनि भण्डाफोर गरेका थिए ।उनकाअनुसार सातै प्रदेशका प्रदेश तदर्थ समिति तथा ७५३ स्थानीय निकायहरुमा गठित स्थानीय तह तदर्थ समिति कानूनबिपरित गठन गरिएको र सबै एमालेका सक्रिय कार्यकर्ताहरुमात्र भर्ती गरिएका कारण रबिन दाहाल नेतृत्वको समितिले खारेज गरिदिएकोमा लोकबहादुर भण्डारी आएपछि पुःन पुर्नस्थापित गरेको छ ।

    यस्तै, विधानतः प्रत्येक ४ वर्षमा केन्द्रिय कार्यसमितिको निर्वाचन हुनुपर्नेमा विगत ६ वर्षदेखि कार्यसमितिको निर्वाचन नभएको र तदर्थ समितिको भरमा काम संचालन हुँदै आएको पनि खड्काले उजागर गरेका छन् ।

    २०७५ साल पुष १६ मा छ महिनाभित्रमा निर्वाचन सम्पन्न गरि निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने शर्तमा गठन गरिएको तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारी नेपाल स्काउटको नेतृत्वमा बसेर एमालेको संगठन निर्माणमा सक्रिय भएको खड्काको दाबी छ ।

    उनले भने,‘प्रदेश एवं स्थानीय तहमा भर्ति गरिएका आफ्ना कार्यकर्ताहरुलाई स्काउटजस्तो सामाजिक संस्थाबाट तलव, भक्ता एवं सुबिधा उपलब्ध गराई पार्टीको संगठनमा खटाउने गरेका छन् । यसरी भर्ती भएका कार्यकताहरुलाई तलब भक्ता खुवाउन स्थानीय तहहरुसंग बजेट निकासा माग गर्ने र लिने गरेको पाईएको छ ।’

    भण्डारीले लैनचौर चोकदेखि दुग्ध विकास संस्थानतर्फ जाने मुल सडकमा रहेको ब्यवसायीक भवन ६ वर्षदेखि भाडामा नलगाई संस्थालाई करिव सात करोडभन्दा बढी रकम हानी तथा नोक्सानी पुर्याएका पनि खड्काको दाबी छ ।

    साथै, लैनचौरमै रहेको अर्को भवन (साविक मेला रेष्टुरेण्ट रहेको भवन) समेत भाडामा नलगाई संस्थालाई करिव ५ करोड हानी नोक्सानी पुर्याएको भन्दै खड्काले भण्डारीको कालो कर्तुत खोलेका हुन् । उनले थपे,‘यसरी हेर्दा अख्यिारको गलत प्रयोग गरी प्रत्यक्ष रुपमा करिव १२ करोड जति रकम नेपाल स्काउटलाई हानी नोक्सानी पुर्याएको देखिन्छ । यो गम्भीर अपराध हो ।’

    खड्काले भण्डारीले कार्यक्रम, तालीम तथा गोष्ठीहरु सञ्चालनका नाममा एमालेका कार्यकर्ता पोस्ने एवं एमालेको संगठन बिस्तार गर्ने कार्य गर्ने गरेको साथै यस्ता कार्यक्रमहरुको आयोजना गर्दा यातायात, आवास तथा भोजन ब्यबस्थापनका नाममा आर्थिक अनियमितता गर्ने गरेको पनि गम्भीर आरोप लगाएका छन् ।

    खड्काकाअनुसार भण्डारीले राष्ट्रिय प्रधान कार्यालय एवं प्रदेश कार्यालयहरुमा एमालेका कार्यकर्ताहरु लाई भर्ती गरी पार्टी राजनितीलाई सहयोग पुर्याएको, भण्डारीले एशिया प्रसान्त क्षेत्रीय स्काउट समितिको सदस्य पदको लागी निर्वाचनमा उम्मेद्धार हुँदा नेपाल स्काउटको कोषबाट खर्च हुनेगरी लाखौं रुपयाँको सामाग्री खरीद गरी प्रचारप्रसारका लागी बाँडेका छन् ।

    यस्तै, राष्ट्रिय परिषद २०७२ सालदेखि रिक्त रहेकोमा २०७६ सालमा तत्कालीन एमाले बाट नियुक्त युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्मालाई प्रभावमा पारी नेपाल स्काउट ऐन २०५० बिपरीत स्काउट नियमावली, कर्मचारी नियमावली र आर्थिक नियमावली संसोधन गरी मनोमानीपुर्वक कर्मचारीको रुपमा ३८ जना एमाले कार्यकर्ताहरु भर्ती गरेको साथै आर्थिक अनियमिततालाई पनि सहज बनाएको भण्डारीमाथि खड्काको गम्भीर आरोप छ ।

    भण्डारीले नेपाल स्काउटको नाममा रहेका सम्पत्तिहरु भाडामा लगाउँदा वा भवनहरु निर्माण गर्दा संस्थालाई अहित हुनेगरि बार्गेनिङ्ग गर्ने तथा आर्थिक अनियमितता गर्ने गरेको, केपी शर्मा ओली प्रधानमन्त्री भएको एक वर्ष पुरा भएको अवसरमा २० लाख भन्दा बढी रकम खर्च गरेर बधाई एवं शुभकामना छापेको साथै नेपाल स्काउटले प्रयोग गर्ने स्काफमा के(पि.ओली को फोटो छापेर सच्चा स्काउटरहरुलाई उक्त स्काफ प्रयोग गर्न बाध्य पारेको पनि खड्कोको आरोप छ ।

    नेपाल स्काउटको लैनचोरमा रहेको सम्पत्ति बिना प्रकृया तथा बिना प्रतिस्पर्धा आफूसमेत संलग्न रहेको केटिएम स्टोरलाई भाडामा दिई मिलेमतोमा ठूलो अनियमितता एवं भ्रष्टचार गरेको र सोही स्थानमा नेपाल स्काउट आँफैले ठूलो भवन निर्माण गर्दा समेत अनियमितता एवं भ्रष्टचार गरेको भनेर खड्काले भण्डारीमाथि आरोप लगाएका छन् ।

    यस्तै, खड्काले स्काउटका तदर्थ समितिका संयोजक भण्डारीले नेपाल स्काउटको स्वामित्वमा रहेका ब्यबसायीक भवनहरु नियमबमोजिम भाडामा लिई ब्यबसाय गर्दै आएका ब्यबसायीहरुबाट रकम असुली गर्ने र दिन नमानेमा पार्टीमा अबद्ध युवाहरुलाई प्रयोग गरेर धम्क्याउने, थर्काउने, बत्ती/पानी काटीदिने, पार्कीङ्ग अवरुद्ध गर्ने, गेटमा तालाबन्धी गर्ने र हातपातसमेत गर्ने गरेको गम्भीर आरोप लगाए । उनकाअनुसार भण्डारीले व्यवसाय गरेर बसेकाहरुलाई शौचालयसमेत प्रयोग गर्न नदिएर अमानविय कार्य गरेका छन् ।प्रेश नोट

    आज मिति २०८०/११/०६ गतेका दिन यस रिपोटर्स क्लव नेपालमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित विभिन्न मिडिया बाट प्रतिनिधित्व गर्दै आउँनु भएका पत्रकार साथीहरुमा हार्दिक नमस्कार।

    नेपाल स्काउटको वर्तमान तदर्थ नेत्रित्वले नियोजितरुपमा मेरो ब्यक्तीगत तथा राजनितिक चरित्र हत्या गर्ने उद्धेश्यले बिभिन्न समयमा म र खड्का ल्याण्ड डेभलप्मेन्ट प्रा.लि. लाई जोडेर मिथ्या, अर्नगल तथा तथ्यहिन समाचारहरु प्रकाशन तथा प्रशारण गर्दै आएको बिषयमा यहाँहरु जनकार नै हुनुहुन्छ ।

    नेपाल स्काउट र यसको वर्तमान नेत्रित्व श्री लोक बहादुर भण्डारी र राम प्रसाद भट्टराईले नेपाल स्काउट जस्तो पवित्र सामाजिक संस्थामा बसेर उक्त संस्थाको ब्रम्हलुट गर्दै आएका छन् । निजहरुले आफ्नो कर्तुतहरु लाई छोप्न र आम सुभेक्छुक तथा नागरिकहरुको ध्यनलाई अन्यत्र मोड्न यो प्रपन्च गराईरहेका छन् ।

    साथै प्रायोजित रुपमा मेरो राजनितिक जिवन समाप्त गर्न गरिएको डिजाइन मात्र हो भन्ने कुरामा कुनै दुविधा छैन । अब म यस बिषय लाई थप प्रष्ट पार्न संक्षेपमा बुदागत रुपमा त्यहाँ भैरहेका सत्य तथ्य कुराहरु प्रस्तुत गर्दछु जसले यहाँहरुलाई थप प्रष्ट पार्दछ भन्ने मैले विस्वास लिएको छु । यस पत्रकार सम्मेलन पछि यहाँहरुले प्रस्तुत तथ्यहरुका आधारमा आम नागरिकहरु लाई सुशूचित गरिदिनु हुनेछ भन्ने पुर्ण विस्वास लिएको छु । धन्यबाद ।

    नेपाल स्काउटमा भए गरेका बेथितीहरु संक्षेपमा :

    १. सातै प्रदेशका प्रदेश तदर्थ समिति तथा ७५३ बटा स्थानीय निकायहरुमा गठीत स्थानीय तह तदर्थ समिति कानून बिपरित गठन गरिएको र सबै एमालेका सक्रिय कार्यकर्ताहरु मात्र भर्ती गरीएका कारण रबिन दाहाल नेत्रीत्वको समितिले खारेज गरिदिएकोमा लोक बहादुर भण्डारी आएपछि पुःन पुर्नस्थापित गरेको ।
    २.बिधानतः प्रत्येक ४ बर्षमा केन्द्रिय कार्यसमितिको निर्वाचन हुनु पर्नेमा बिगत ६ बर्ष देखि कार्यसमितीको निर्वाचन नभएको र तदर्थ समितिको भरमा काम संचालन हुँदै आएको छ ।
    ३. मिति २०७५/०९/१६ मा छ महिना भित्रमा निर्वाचन सम्पन्न गरि निर्वाचित कार्यसमिति लाई जिम्मेवारी हस्तान्तरण गर्ने शर्तमा गठन गरिएको तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारी नेपाल स्काउटको नेत्रित्वमा रहेर एमालेको संगठन विस्तारमा कृयाशील छन् ।
    ४. प्रदेश एवं स्थानीय तहमा भर्ति गरिएका आफ्ना कार्यकर्ताहरु लाई स्काउट जस्तो सामाजिक संस्था बाट तलव, भक्ता एवं सुबिधा उपलब्ध गराई पाटी संगठनमा खटाउँने गरेको । भर्ती भएका कार्यकताहरु लाई तलब भक्ता खुवाउँन स्थानीय तहहरु संग बजेट निकासा माग गर्ने र लिने गरेको
    ५. लैनचौर चोक देखि दुग्घ बिकास संस्थान तर्फ जाने मुल सडकमा रहेको ब्यवसायीक भवन ६ बर्ष देखि भाडामा नलगाई संस्था लाई करिव सात करोड भन्दा बढी रकम हानी नोक्सानी पुर्याएका साथै लैनचौरमै रहेको अर्को भवन ९साविक मेला रेष्टुरेण्ट रहेको भवन० समेत भाडामा नलगाई संस्था लाई करिव ५ करोड हानी नोक्सानी पुर्याएको । यसरी हेर्दा अख्तीयारको गलत प्रयोग गरी प्रत्यक्ष रुपमा करिव १२ करोड जती रकम नेपाल स्काउट लाई हानी नोक्सानी पुर्याएको देखिन्छ ।
    ६. कार्यक्रम, तालीम तथा गोष्टीहरु संचालनका नाममा एमालेका कार्यकर्ता पोस्ने एवं एमालेको संगठन बिस्तार गर्ने कार्य गर्ने गरेको साथै यस्ता कार्यक्रमहरुको आयोजना गर्दा यातायात, आवास तथा भोजन ब्यबस्थापनका नाममा आर्थिक अनियमितता गर्ने गरेको ।
    ७. राष्ट्रिय प्रधान कार्यालय एवं प्रदेश कार्यालयहरुमा एमालेका कार्यकर्ताहरु लाई भर्ती गरी पाटी राजनिती लाई सहयोग पुर्याएको ।
    ८. लोक बहादुर भण्डारीले एशिया प्रसान्त क्षेत्रीय स्काउट समितिको सदस्य पदको लागी निर्वाचनमा उम्मेद्धार हुँदा नेपाल स्काउटको कोष बाट खर्चहुनेगरी लाखौं रुपयाँ को सामाग्री खरीद गरी प्रचारप्रसारका लागी बाँडेको ।
    ९. राष्ट्रिय परिषद २०७२ साल देखि रिक्त रहेकोमा २०७६ सालमा तत्कालीन एमाले बाट नियुक्त युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिस्वकर्मा लाई प्रभावमा पारी नेपाल स्काउट ऐन २०५० बिपरीत स्काउट नियमावली, कर्मचारी नियमावली र आर्थिक नियमावली संसोधन गरी मनोमानी पुर्वक कर्मचारीको रुपमा ३८ जना एमाले कार्यकर्ताहरु भर्ती गरेको साथै आर्थिक अनियमितता लाई पनि सहज बनाएको ।
    १०. नेपाल स्काउटको नाममा रहेका संम्पत्तीहरु भाडामा लगाउँदा वा भवनहरु निर्माण गर्दा संस्था लाई अहित हुने गरी वार्गेनिङ्ग गर्ने तथा आर्थिक अनियमितता गर्ने गरेको ।
    ११. केपि ओली प्रधानमन्त्री भएको एक बर्ष पुरा भएको अवसरमा २० लाख भन्दा बढी रकम खर्च गरेर बधाई एवं शुभकामना छापेको साथै नेपाल स्काउटले प्रयोग गर्ने स्काफमा केपि ओली को फोटो छापेर सच्चा स्काउटरहरु लाई उक्त स्काफ प्रयोग गर्न बाध्य पारेको ।
    १२. नेपाल स्काउटको लैनचोरमा रहेको सम्पक्ती बिना प्रकृया तथा बिना प्रतिस्पर्धा आफु समेत संलग्न रहेको प्त्ः क्तयचभ लाई भाडामा दिई मिलेमतोमा ठूलो अनियमितता एवं भ्रष्टचार गरेको र सोही स्थानमा नेपाल स्काउट आफैले ठूलो भवन निर्माण गर्दा समेत अनियमितता एवं भ्रष्टचार गरेको ।
    १३. नेपाल स्काउटको स्वामित्वमा रहेका ब्यबसायीक भवनहरु नियम बमोजिम भाडामा लिई ब्यबसाय गर्दे आएका ब्यबसायीहरु बाट रकम असुली गर्ने र दिन नमानेमा पाटीमा अबद्ध युवाहरु ल्याई धम्क्याउँने, थर्काउँने, बत्ती÷पानी काटी दिने, पार्कीङ्ग अवरुद्ध गर्ने, गेटमा तालाबन्धी गर्ने र हातपात समेत गर्ने गरेका छन् । शौचालय समेत प्रयोग गर्न नदिएर अमानविय कार्य गरेको ।

    नेपाल स्काउटका तथा खड्का ल्याण्डका सन्दर्भमा संक्षेपमा :

    १. नेपाल स्काउटको खातामा यस खड्का ल्याण्ड डेभलप्मेन्ट प्रालिले धरौटी वापत ब्याज नआउँने गरी र चलाउँन नमिल्ने गरी रु ६२,२३,६१०/–(रु बैसठ्ठी लाख तेइस हजार छ सय दश जम्मा गरीएको छ । उक्त रकम हाल सम्म पनि नेपाल स्काउटकै खाता र प्रयोगमा रहेको छ ।
    २. पहिलो भवन सम्झौता मिति – पहिलो पटक २०६३/०९/१५ (दश बर्षका लागी)
    दोस्रो पटक २०७३/१२/१८ (दश बर्षका लागी)
    अर्थात २०८३/१२/१८ सम्म (अझै ३ बर्ष २ महिना बाँकी)
    ३. दोस्रो भवन सम्झौता मिति : २०७४/११/२० (दश बर्षका लागी)
    अर्थात २०८४/११/२० सम्म (अझै ४ बर्ष बाँकी)
    ४. तेस्रो (जग्गा मात्र) सम्झौता मिति स् २०६५ माघ १५ देखि १५ बर्षका लागी अर्थात २०८० माघ १५ सम्म
    ५. हाल सम्म नेपाल स्काउट लाई भुक्तान गरिएको रकम करिव १४ करोड (रु१३६५१५६८३.१२)
    लोक बहादुर भण्डारी नेपाल स्काउटको तदर्थ समिति संयोजक भएर आएपछि २०७५ चैत्र १९ र २७ गते खड्का ल्याण्ड डेभलप्मेन्ट प्रा.लि.ले भाडामा लिएको भवन भत्काउँने पत्र पठाएको ।
    सम्मानीत काठमाण्डौं जिल्ला अदालत बाट २०७६ आषाढ १८ गते नेपाल स्काउटको गतिबिधीको बिपक्षमा फौसला गरेको तथापी राजनीतीक पावरका(एमालेको सरकार)आधारमा डोजर ल्याएर भत्काउँने प्रयास गरे
    यस प्रा.लि.ले भाडा तिर्दै आएको नेपाल स्काउटको बैंक खाता निजहरुले नै बन्द गरी भाडा तिर्न नदिएको र भाडा रकम नतिरी कब्जा गरेर बस्यो भनी दुस्प्रचार गरि चरित्र हत्या गरेको ।
    बहालमा लगाएका भवनहरुमा जडीत बिद्युत तथा पानीको लाईन काटेर १६ महिना सम्म अमानवीय ब्यबहार गरियो र अन्धकारमा बस्न बाध्य पारीयो ।
    पार्कीङ्ग अवरुद्ध पार्ने एवं मुख्य प्रबेश गेटमा तालाबन्दी गरी चरम अमानवीय ब्यबहार गरियो ।
    कोभिडको समयमा नेपाल सरकारले घोषणा गरेको छुट नदिने तथा सम्बाद समेत नगर्ने जस्ता गैरजिम्मेवार पुर्ण ब्यबहार गरियो । शौचालय समेत प्रयोग गर्न नदिएर तालाबन्दी गरेको ।
    मिति २०७८/११/१० गते नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई आफै संलग्न रही कर्मचारीहरु तथा बाहीरका गुण्डाहरु समेत परिचालन गरी ब्यबसायीले आफ्नै लगानीमा निर्माण गरेको भवनको छाना भत्काउँने, पिलर काट्ने तथा तोडफोड र हातपात गरेका कारण विवाद भएको र हाल सम्म पनि हरेक दिन बाहीरका गुण्डाहरु बोलाई अपशब्द बोल्ने तथा गाली गलैज र धम्की दिने कार्यहरु गर्दै आएका छन्।

    अदालती प्रकृयाका सम्बन्धमा :

    नेपाल स्काउटको नेत्रित्वमा लोक बहादुर भण्डारी तथा राम प्रसाद भट्टराई आएपछि राजनैतिक पुर्वाग्रह राखेर मेरो चरित्र हत्या गर्ने तथा सार्वजनिक बदनामी गर्ने उद्धेश्यले नियमित रुपमा दुःख दिन थालेपछि बाध्य भएर निजहरुले गरेका गतिविधिहरु तथा लान्छनाहरु लाई कानूनी रुपले स्पष्ट पार्न सम्मानीत अदालत गएको थिए ।

    १. मिति २०७६/०१/११ मा सम्मानित काडमाण्डौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको ।
    २. मिति २०७६/०३/१८ मा सम्मानीत काठमाण्डौं जिल्ला अदातल बाट निजहरुले गरेका बदनियत पुर्ण कार्यहरु नगर्नु नगराउँनु र बहालको समय रहे सम्म नियमित काम गर्न दिनु भनि फौसला भएको ।
    ३. त्यपछि पनि अदालतको आदेशलाई समेत अबज्ञा गर्दै निजहरुको नेत्रित्वमा भवन भत्काउँन आउँने, पाकिङ्ग रोक्ने, तालाबन्दी गर्ने जस्ता कार्यहरु गरेपछि मिति २०७७/०७/२६ गते पुःन सम्म्मानीत काठमाण्डौ
    जिल्ला अदालतमा क्तबथ इचमभच माग गरि निबेदन दर्ता गरिएकोमा मिति २०७७/०८/१४ गते क्तबथ इचमभच जारी भएको र हाल सम्म पनि उक्त आदेश कायम नै रहेको अवस्था छ ।
    ४. मिति २०७६/०३/१८ मा सम्मानीत काठमाण्डौं जिल्ला अदातलको फैसला बदर माग गर्दै निजहरु
    मिति २०७६/०९/२९ मा सम्मानित उच्च अदालत पाटन गएकोमा मिति २०७९र०३र१३ मा फैसला हुँदा केवल पार्किङ्गको बिषमा मात्र उक्त फैसलामा सम्बोधन भएको छ ।
    ५. सम्मानित उच्च अदालत पाटनको मिति २०७९/०३/१३ को फैसला उपर चित्त नबुझि खड्का ल्याण्ड डेभलप्मेण्ट प्रालि मिति २०७९/०८/२० मा सम्मानीत सर्बोच्च अदालतमा मुद्धा (मुद्धा नं)७९–च्क्ष्–०९४९ लिएर गएको र उक्त मुद्धा हाल सम्म पनि सम्मानित सर्बोच्च अदालतमा बिचाराधिन अवस्थामा छ

    मेरो ब्यक्तीगत संलग्नताका सम्बन्धमा :

    म मिति २०७९/७/१७ गते देखि यस प्रा.लि.को सम्पुर्ण शेयर बिक्री गरी कुनै पनि प्रकारको आर्थिक, भौतिक तथा संस्थागत सम्बन्ध नरहनेगरी अलग भैसकेको छु । मिति २०७९/७/१७ गते नै नेपाल सरकार, श्री कमपनी रजिष्टारको कार्यालय बाट प्रमाणित भै आएको शेयर लगत समेत पेश गरी नेपाल स्काउटलाई औपचारीक जानकारी गराईसकेको छु । अद्यपी आज पर्यन्त मेरो नाम जोडेर बिभिन्न मिडियाहरु मर्फत तथ्यहिन एवं भ्रामक समाचारहरु प्रसारण गराई मेरो राजनीतीक तथा ब्यक्तीगत चरीत्र हत्या गर्ने गराउँने गर्दै आइरहेका छन । यस्ता बिषयहरुले मलाई गम्भीर बनाएको छ । यस्ता भ्रमक एवं तथ्यहीन प्रचारबाजीहरु प्रति म खेद ब्यक्त गर्दछु ।

    दिपक खड्का
    २०८० फाल्गुण ६

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend