Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुल्मीको रिडी–तम्घास सडकखण्ड आजदेखि तीनहप्ता बन्द हुने


७, चैत २०८०
  • 495
    SHARES
  • गुल्मीको रिडी–तम्घास सडकखण्ड आजदेखि तीनहप्ता बन्द हुने

    गुल्मी – गुल्मीमा मदन भण्डारी राजमार्ग खडकखण्ड अन्तर्गत  रिडी–तम्घास सडकखण्ड आजदेखि तीन हप्तासम्म बन्द हुने भएको छ ।

    आजदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म र राति पनि १० बजेदेखि ४ बजेसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयकी इन्जिनियर एवम् सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिनुभयो ।

    कार्यालयले सार्वजनिक सूचना निकालेर रिडी–तम्घास खण्डमा सडक विस्तारको काम भैरहेको र अबको तीन हप्ता वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको हो । सडक निर्माणको क्रममा पहरो फोर्ने, सडक चौडा पार्ने, ग्रेड मिलाउनेलगायतका काम हुने आयोजनाले जनाएको छ ।

    गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले अहिलेका लागि तीन हप्ता सडक बन्द गर्ने निर्णय गरेको थियो ।

    मुख्य सडक बन्द हुँदा वैकल्पिक सडकका रुपमा गुल्मीको पानीट्याङ्की–थोर्गा–स्यालपोखरी–सालबिसौनीदेखि रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी र लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी तथा घुम्तीदेखि–चारापाला–खज्र्याङ्ग हुँदै रिडी सडक प्रयोग गर्न सकिन्छ ।

    रिडी–तम्घास सडक खण्डको २५ किलोमिटर क्षेत्रमा सडक निर्माणको काम भैरहेको छ ।

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend