Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नेपालगञ्जमा ‘नेपाल–युरोपियन युनियन’ फिल्म महोत्सव


३, वैशाख २०८१
  • 216
    SHARES
  • नेपालगञ्जमा ‘नेपाल–युरोपियन युनियन’ फिल्म महोत्सव

    बाँके । युरोपियन युनियन र नेपालबीच दौत्यसम्बन्ध स्थापना भएको ५० वर्षका अवसरमा नेपालगञ्जमा ‘नेपाल–युरोपियन युनियन’ फिल्म महोत्सव आयोजना गरिएको छ ।

    आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म स्थानीय बाटिका होटलमा आयोजित महोत्सवमा चार वटा लघुनेपाली चलचित्र र तीन वटा प्रोपेली चलचित्र प्रदर्शन हुने नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा.जोएल इभोनेटले जानकारी दिनुभयो ।

    महोत्सव युनियन र नेपालको दौत्यसम्बन्ध स्थापना भएको ५० औँ वर्ष भएकाले आयोजना गरिएको हो । महोत्सवको नारा ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष सांस्कृतिक विविधताको उत्सव’ रहेको छ ।

    “युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० औँ वार्षिकोत्सव मनाउन र युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटीक सिर्जनशीलता काठमाडौँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेपाली दर्शकसँग आदानप्रदान गर्न पाउँदा म अत्यन्त हर्षित छु”, उपप्रमुख इभोनेटले भन्नुभयो ।

    योसँगै यही वैशाख ४ गते बिहान ११ देखि १ बजेसम्म मध्यपश्चिम बहुमुखी क्याम्पसमा चलचित्र निर्देशक तथा लेखक मोहन राईद्वारा फिल्म एप्रिसिएशनबारे मास्टरक्लास गरिनेछ भने उपप्रमुख डा.इभोनेटद्वारा दुई देशबीचको दौत्यसम्बन्ध र विकास सहकार्यबारे नेपालगञ्ज बहुमुखी क्याम्पसमा बिहान ९:३० बजेदेखि १०:३० बजेसम्म व्याख्यान गर्ने कार्यक्रम रहेको छ ।

    उक्त कार्यक्रममा नौ वटा युरोपियन र १२ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् । महोत्सव तथा कार्यक्रमका लागि लघु चलचित्र छनोट गर्न चलचित्र निर्देशकका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा ५२ वटा लघु चलचित्र समावेश भएकामध्ये १२ वटा छनोट गरिएको हो ।

    चुनिएका नौ वटा युरोपेली चलचित्रमध्ये नेपालगञ्जमा मेरियन ब्लिचर निर्देशित मिस भिर्वोग (डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेज रिपब्लिक), एन्टोनियो लुकीच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन) प्रदर्शित गरिने छ भने १२ वटा लघु नेपाली चलचित्रमध्ये शान्ता नेपाली निर्देशित ध्येय ड्रिम्स, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, आकाङ्क्षा कार्की निर्देशित सनाइ र अनिल कुमी निर्देशित फेरा प्रदर्शित हुनेछन् ।

    नियुफको १३ संस्करणअन्तर्गत बागमती प्रदेशको काठमाडौँ र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा महोत्सव सफलतापूवर्क सम्पन्न भइसकेको छ भने नेपालगञ्जपछि कर्णाली प्रदेशको सुर्खेतमा पनि आयोजना गरिनेछ ।

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend