Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

स्वदेशमै मनग्ये आम्दानी गर्छन् : कृषक श्रेष्ठ


१५, वैशाख २०८१
  • 226
    SHARES
  • स्वदेशमै मनग्ये आम्दानी गर्छन् : कृषक श्रेष्ठ

    रोल्पा । दु:ख पछि सुख आउँछ भनेझैं रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सी स्याला सिमाका एक कृषक हुन छवि श्रेष्ठ । उनी पश्चिमी रोल्पाको एक मात्र कृषक र जिल्लाको उत्कृष्ट कृषकको रूपमा समेत परिचीत छन ।

    छवि श्रेष्ठ रोल्पाको पुरानो कृषकको रूपमा समेत धेरैले चिन्ने गर्दछन । रोल्पामा कृषक धेरै छन तर पनि श्रेष्ठले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

    No description available.

    उनलाई कृषि कार्यमा लामो समय टिक्न सक्ने कृषकको रूपमा समेत लिन सकिन्छ । श्रेष्ठलाई अरु भन्दा धेरै फरक खालका फलफूलका बेर्ना उत्पादन गर्न सक्ने क्षमता भएर पनि होला जिल्लाको उत्कृष्ट कृषकको रूपमा चिनिन्न सफल भएका छन् ।

    श्रेष्ठ रोजगारीको सिलसिलामा वि.सं.२०४४ सालमा भारतको हिमाचल प्रदेशमा गएका थिए । उनले करिब ३ महिना स्याउका बगैचामा काम गर्न थाले, उनले स्याउका विरुवा सार्ने र टिप्ने काम गर्न थाले ।

    उनले भारतको अर्को प्रदेश उत्तर प्रदेशको मोरी पसैला भन्ने ठाउँमा गएर गिट्टी समेत कुटे । दिनको ५ रुपियाँ ज्यालामा काम गरे र उनले त्यो ज्याला समेत नलिएको अनुभव सुनाउछन् । जतिबेला १५ बर्षका थिए श्रेष्ठ करिब १ बर्ष पुरा गरेर वि.सं.२०४५ सालमा स्वदेश फर्किएका थिए ।

    No description available.

    फेरि दोस्रो पटक रोजगारकै क्रममा १९ बर्षको कलिलो उमेरमा भारतको हिमाचल प्रदेशको कुल्लु जिल्लाको मनाली भन्ने ठाउँमा पुगे । उनले त्यहाँ पनि स्याउकै काम गर्न थाले ।

    श्रेष्ठले खाडल खन्ने, खाडल पुर्ने, स्याउको बेर्ना रोप्ने र खाडल पुर्ने काम गरे । साथै पछि जङ्गलमा काठको काम गरेर २ बर्ष भारत देखि २१ बर्षको उमेरमा स्वदेश फर्किए ।

    घर फर्किए लगत्तै सुन्तला लगाउनको लागी खाडल खने । वि.सं.२०५१ सालमा पहिलो पटक स्वदेशमै करिब १ सय बुट्टा सुन्तला लगाउन सुरु गरे । करिब १ दशक सुन्तला उत्पादन गरि वि.सं.२०६२ साल असार महिनामा मलेसिया गए । मलेसियामा समेत सुन्तला, हलुवाबेटका विरुवाको काम गरे ।

    करिब १५ महिना मलेसियामा काम गरेर स्वदेश फर्किए । भारतमा काम गर्दा बाँदर भनेको अझै याद आउने उनी बताउछन् । आफ्नो देशमा जग्गा जमिन नभएर अर्काको देशमा श्रम गर्न आउने भनेको अहिले सम्म नभुलेको बताए ।

    No description available.

    खाडी मुलुक मलेसियामा कामको दबाब धेरै भएको र समयमा कामको बिदा नपाउने गरेको बताए। साथै पहिले गएका नेपालीले त्यहाँको भाषा र सीप सिकेर नयाँ गएको नेपालीलाई हेप्ने र कुनै घटना वा लुटपाट भए पनि त्यहाँको सुरक्षाले ध्यान नदिने गरेको अनुभव व्यक्त गरे ।

    त्यो दुख पिडा देखेर आफ्नो देश केही गर्नसकिन्छ भने सोच लिएर स्वदेश फर्किएको समेत उनले बताए । विदेशमा सिकेका सिपलाई स्वदेश आए लगत्तै व्यावहारमा लागु गर्न थाले । उनले आफ्नो खेतबारीमा अनार, गुलियो काँगती नर्सरीका बिरुवा र मौसम अनुसारका तरकारी तथा फलफूल उत्पादन गर्नथाले ।

    श्रेष्ठले वि.सं.२०७४ सालमा साना घरेलु उद्योग रोल्पाको लिबाङमा नर्सरीको काम गर्नको लागि छवि नर्सरी फम दर्ता गरि सञ्चालन गर्न थाले । अहिले पनि निरन्तर सञ्चालनमा रहेको छ। श्रेष्ठको फममा सुन्तला, अनार, गोलियो काँगती, अमिरिकन आरु, मौसम अनुसारका बहुबर्षे प्याज र हाँस रहेका छन् ।

    No description available.

    उनले स्वदेशमै मनग्ये आम्दानी गर्ने गरेको कृषक श्रेष्ठको भनाइ रहेको छ ।मैले घरमै यो बर्ष सुन्तला करिब ८ क्विन्टल फलेको ४२ हजार ३ सय रुपियाँ बराबरको बिक्री गरेको र अनार करिब ५ क्विन्टल फलेको १ लाख २५ हजार बराबरको बिक्री गरेको बताउनु भएको छ।त्यस्तै गुलीयो काँगतीको फल १ लाख ५० हजार रुपियाँ बराबरको बिक्री गरेको र गुलियो काँगतीको बेर्ना १ लाख रुपियाँ बराबरको बिक्री भएको बताउनु भएको छ ।

    छिमेकी जिल्ला दाङको कोशी नर्सरीमा १ लाख बराबरको बेर्ना बिक्री गरेको बताउनु भएको छ मौसम अनुसारका तरकारी बाट ३० हजार बराबरको यो बर्ष आम्दानी हुने श्रेष्ठले बताए ।

    अहिले सुन्तला र अनारको बजारमा माग भएको बताउदै श्रेष्ठले भने, 'त्यो भदा पनि पछिल्लो समय बजारमा गुलियो काँगतीको फल र बेर्नाको माग धेरै छ ।’ त्यसैगरी गुलियो काँगतिको जिल्ला भित्र मात्र माग नभएर अहिले जिल्ला बाहिर दाङ, काठमाडौ, गुल्मी, अर्घाखाँची, पाल्पा,गोर्खा,नुवाकोट,काँस्की,झापा,नवलपुर , बागलुङ,धनकुटा लगाएत नेपालका धेरै जिल्लामा समेत यसको माग धेरै रहेको श्रेष्ठले बताए ।

    यो बर्ष गुलियो काँगतीको बेर्नाको माग अन्य जिल्ला भएपनि गत बर्ष हजारको संख्यामा माग भएपनि यो बर्ष २५ देखि ५० बेर्ना सम्म माग आउने गरेको बताउनु भएको छ ।

    यो बर्ष सबैभन्दा धेरै बागलुङ जिल्लाबाट माग बढी आएको समेत बताए। गुलियो काँगती समुद्री सतह देखि ४ सय मिटर देखि १८ सय मिटर उचाई सम्म राम्रो उत्पादन हुने र स्वास्थ्यका लागि लाभदायक रहेको समेत बताइएको छ । श्रेष्ठको नर्सरी फममा कृषि अध्ययन गर्ने विभिन्न विद्यालयका विद्यार्थीहरु समेत अवलोकनका लागि आउने गर्छन् ।

    कृषि अध्ययनरत ओजेटीका विद्यार्थीहरु आफ्नो फममा अध्ययन तथा अवलोकन गरेर जाने गरेको बताए । स्थानीय सरकारले कुनै सहयोग नगरेको बताउदै श्रेष्ठले थप्दै भने ‘घर नजिकको सरकार नत सहयोग नै गर्छन् नत कृषकलाई चासो पूर्वक नै हेर्छन्,अहिलेसम्म पालिकाले कुनै चासो देखाएको छैन् ।’

    गएको आर्थिक बर्षहरु लुम्बिनी प्रदेश सरकार बाट जाली र मिनिटर पाएका थिए भने आशा परियोजना रोल्पाबाट १ लाख ५० हजार र कृषि ज्ञान केन्द्र रोल्पा बाट ४ लाख बराबरको सहयोग समेत पाएको उनले बताए । यो बर्ष श्रेष्ठले कृषि ज्ञान केन्द्र रोल्पा र लुम्बिनी प्रदेश सरकार समक्ष पाइपको माग गर्ने बताउनु भएको छ ।

    २०८० को बर्षादको समयमा पहिरोले पाइप नष्ट गरिदिएकोले पाइपको व्यवस्था गरिदिन सहयोगको अपिल गर्ने समेत बताए। श्रेष्ठले कृषि कार्यमा करिब १८ घण्टा बराबर समय खर्चने गरेको बताउछन् । स्वदेशमा भन्दा विदेशमा प्रविधिको प्रयोग, जातीय छनोट, बजारको अनुगमन र व्यापारी सँग सम्झौता गर्ने गरेको विदेशको अनुभव सुनाए । तर नेपालमा भने त्यस्तो व्यवस्था नभएको बताउँछन् ।

    भनिन्छ नि मेहनत र परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ भनेर।आफ्नो देशमै मेहनत गरेर पसिना बगाउने हो भने कृषक छवि श्रेष्ठले जस्तै स्वदेशमै मेहनत गर्ने हो भने अहिलेको खाडी मुलुक र युरोप देशको मुख ताक्नु नपर्ने बताउँछन् ।

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend