Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रिडी–तम्घास सडक आजदेखि एक महिनासम्म बन्द हुने


१७, वैशाख २०८१
  • 146
    SHARES
  • रिडी–तम्घास सडक आजदेखि एक महिनासम्म बन्द हुने

    गुल्मी । आजदेखि गुल्मीको रिडी–तम्घास सडकखण्ड एक महिनासम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी रिडी–तम्घास सडकखण्ड बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ ।

    सडकका केही ठाउँमा कडा चट्टान फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने भएकाले वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ ।

    गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने यो मुख्य सडक निकै साँघुरो र जिर्ण थियो । यसलाई विस्तार गरेर ७.७५ मिटर चौडाइको बनाइने छ । सडक चौडा पार्न गत चैत महिनामा पनि करिब एक महिनासम्म सवारी आवागमन बन्द गरिएको थियो ।

    सडक स्तरोन्नती गर्ने जिम्मा समानान्तर इलाइट जेभीले पाएको छ । २०७९ साल फागुन २८ गते सम्झौता भइ २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद छ । १ अरब ५० करोड४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरोन्नती र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend