Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुल्मीको भनभनेमा आगलागीबाट तीनवटा घरगोठ जले


१७, वैशाख २०८१
  • 165
    SHARES
  • गुल्मीको भनभनेमा आगलागीबाट तीनवटा घरगोठ जले

    गुल्मी । गुल्मीको मदाने गाउँपालिका – ७, भनभनेमा आगलागीबाट ३ वटा घरगोठ जलेर नष्ट भएका छन् । स्थानीयको खरबारीमा लागेको आगो बस्तीमा सल्किँदा ३ वटा घर–गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    भनभनेको दीपक माध्यमिक विद्यालय नजिकैको वनबाट फैलिएको आगो बस्तीमा फैलिएपछि स्थानीय यमबहादुर घर्तीको ढुंगाले छाएको २ तले घर जलेर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पाेखरेलले बताए ।

    त्यस्तै आगलागीबाट सोही वडाका सोमबहादुर घर्तीको ढुंगाले छाएको २ तले कच्ची घर, बंगालो र एउटा मिलसमेत जलेर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

    आगलागीका कारण घरबारविहीन भएका नागरिकलाई गाउँमै सुरक्षित स्थानमा राखिएको छ। आगलागीबाट दीपक माध्यमिक विद्यालयको २ वटा शौचालय जलेर नष्ट भएका छन् । स्थानीयका परालको टौवा, दाउरा राख्ने कटकुरो, आरा मेसिन पूर्णरुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

    आगो सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । गर्मी र सुख्खा मौसम सुरुभएसँगै भएको आगलागीले जिल्लाभर दर्जनौं घरगोठ पूर्ण क्षति भएका छन् ।

    सयौं पशुचौपायले ज्यान गुमाएका छन् । वैशाख महिनामा सबैभन्दा बढी आगलागीका घटना भएका छन् ।आगलागीबाट सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकामा भएको छ ।

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend