Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते


६, जेठ २०८१
  • 185
    SHARES
  • बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भीर घाइते

    बुटवल - बुटवलको बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ठक्करबाट दुई जना गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका- ११ बस्ने कमला नेपाली छन् । बुटवल ११ कै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठडराई घाइते भएका छन् ।

    अर्घाखाँचीबाट बिरामी लिएर बुटवलतर्फ आउँदै गरेको जिल्ला अस्पताल अर्घाखाँचीको लु१ज ५३१ नम्वरको एम्वुलेन्सले बुटवल उपमहानगरपालिका- १३ झोलुङ्गेपुल नजिकै उनीहरूलाई ठक्कर दिएको थियो ।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बिहान करिब ५ बजे बाटोमा हिँडिरहेका एम्बुलेन्सले ठक्कर दिएपछि घाइते भएका थिए ।

    घाइतेहरूको स्थानीयले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएकोमा एक जनाको बिहान ५:३४ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले बताएको छ ।

    दुर्घटनाका घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

  • कांग्रेसको १५औँ महाधिवेशन रोक्ने रिट सर्वोच्चले दर्ता नगर्ने, महाधिवेशन प्रक्रिया अघि बढ्ने बाटो खुला

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै दायर गर्न खोजिएको रिट निवेदनलाई सर्वोच्च

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend