Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नासु बमबहादुरद्धारा सगरमाथाको सफल आरोहण


१०, जेठ २०८१
  • 315
    SHARES
  • नासु बमबहादुरद्धारा सगरमाथाको सफल आरोहण

    काठमाडौँ । रुकुम पश्चिम स्थायी घर भएका बमबहादुर विकले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका छन् ।

    उनले २०८१ जेठ ६ गते (१९ मे २०२४) बिहान ५ बजेर ५७ मिनेटमा सगरमाथामा पाइला टेकेका हुन् । काभ्रेको खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहेका उनले सगरमाथामा खानीखोला गाउँपालिका र सानोभेरी गाउँपालिका रुकुम पश्चिमको लोगो अङ्कित ब्यानर फहराए ।

    योसँगै उनले ‘यात्रीको यात्रा’ नामको ब्यानर पनि सगरमाथामा फहराएका छन् । विकले यसअघिका र यो यात्रालाई ‘यात्रीको यात्रा’ नाम दिएका थिए । उनले यसअघि दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवा र अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमालको समेत सफल आरोहण गरिसकेका छन् ।

    सगरमाथा आरोहणपछि उनले भनेका छन्, ‘एक पटक फेरि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने चुनौतीपूर्ण, जोखिम, साहसिक सँगसँगै गौरवमय इतिहासका साथ अविस्मरणीय यात्रा बनाउन कठिन पूर्ण ठूलो निर्णय लिएकोमा यसले सार्थकता पाएकोमा म आफै दङ्ग भएको छु ।’

    सगरमाथा आरोहणमा सहयोग गर्ने र हौसला प्रदान गर्नेहरू प्रति उनले धन्यवाद दिएका छन् । उनले सगरमाथा आरोहणका लागि सहयोग र हौसला प्रदान गर्ने आफू कार्यरत गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङ (छिन्ताङ), उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारीहरू, वडा अध्यक्षहरू लगायत जनप्रतिनिधि र सहकर्मीहरू प्रति पनि आभार प्रकट गरेका छन् ।

    संविधानले नै जातीय रूपमा छुवाछुत जघन्य अपराध स्वीकार गरेको परिपेक्ष्यमा सबै धर्म, जातजाति, वर्ग, लिङ्ग तथा समुदाय सबै समान हुन भन्ने मूल सन्देशसहित साहसिक काम मार्फत रचनात्मक राष्ट्रव्यापी सन्देश दिन सगरमाथा आरोहण गरेको उनले बताए ।

    ‘हामी पनि सक्छौँ’ भन्ने मूल उद्देश्यसहित सामाजिक, आर्थिक, राजनैतिक तथा धार्मिक रूपमा पछाडि परेको वा पारिएको समुदायको एक पात्रको रूपमा प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गरेको उनको भनाइ छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend