Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जर्मनी युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश


६, असार २०८१
  • 167
    SHARES
  • जर्मनी युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश

    काठमाडौं । जर्मनी युरोकप फुटबल २०२४ को अन्तिम १६ मा पुगेको छ । गएराति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हङ्गेरीलाई २–० गोलले हराउँदै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो ।

    आयोजक जर्मनी यो सिजनको अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ । पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ को फराकिलो जित दर्ता गरेको जर्मनीको २ खेलमा ६ अङ्क भएको छ ।

    पहिलो खेलमा स्वीट्जरल्यान्डसँग पराजित हङ्गेरी २ खेलमा अङ्कविहिन छ । गएरातिको अर्को खेलमा यही समूहका स्वीट्जरल्यान्ड र स्कटल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् ।

    योसँंगै स्वीट्जरल्यान्डको २ खेलमा ४ अङ्क भएको छ भने समान खेल खेलेको स्कटल्याण्डको १ अङ्क जोडिएको छ । यसैबीच समूह ‘बी’ अन्तर्गतको खेलमा हिजो क्रोएसिया र अल्बानियाले आ–आफ्ना दोस्रो खेलमा २–२ गोलको बराबरी खेलेका छन् ।

    बराबरी पछि दुवै टोलीले समूह ‘बी’ मा पहिलो अङ्क जोडेका छन् । पहिलो खेलमा क्रोएसिया स्पेनसँग र अल्बानिया इटालीसँग पराजित भएका थिए ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend