Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रथम हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवकी बुढालाई


१६, असार २०८०
  • 252
    SHARES
  • प्रथम  हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवकी बुढालाई

    काठमाडौं । प्रथम महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले जितेकी छन् । सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा काठमाडौं शनिबार भएको दौडको २१ किलोमिटर दुरी उनले १ घण्टा २६ मिनेट ९ सेकेण्डमा पार गरिन् । हल्चोकको रंगशालाबाट सुरु भएको दौड स्वयम्भु, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्ड पुगेर पुनः हल्चोक रंगशाला आएर समापन भएको थियो ।

    नेपाल एपीएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले १ घण्टा २७ मिनेट २७ सेकेण्डमा दौड पूरा गरेर दोस्रो र त्रिभुवन आर्मीकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले १ घण्टा २७ मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो भइन् । विजेता राममाया बुढाले १ लाख रुपैयाँ जित्दा बिन्दाधन्केले ७५ हजार र पूर्ण राज्यलक्ष्मीले ५० हजार रुपैयाँ हात पारिन् । १ घण्टा ३२ मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै एपीएफ क्लबकी आशा राउत चौथो र १ घण्टा ३२ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेकी पुलिस क्लबकी सुमित्रा चौधरीले पाँचौं भइन् ।

    उनीहरुले क्रमशः २५ र १५ हजार रुपैयाँ जितेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend