Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बजेट पुनर्लेखनको माग गर्दै कांग्रेसद्धारा प्रदेशसभा बैठक अवरुद्ध


७, असार २०८१
  • 647
    SHARES
  • बजेट पुनर्लेखनको माग गर्दै कांग्रेसद्धारा प्रदेशसभा बैठक अवरुद्ध

    देउखुरी । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखनको माग राख्दै प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।

    बजेट माथिको छलफलका क्रममा प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश बिरोधी बजेट ल्याइएको भन्दै संसद बैठक अवरुद्ध गर्ने घोषणा गरेका थिए ।

    घोषणा लगत्तै प्रतिपक्ष दल कांग्रेसका सांसदहरु उभिएर संसद बैठक अवरुद्ध पारेका थिए । कांग्रेसले सरकारले ल्याएको बजेट प्रदेश बिरोधी रहेको जनाएको छ । भन्ने बेला हामीले प्रदेशको समृद्धिको नारा लगाइरहेका छौँ,’ कांग्रेस संसदीय दलका नेता चौधरीले भने, ‘तर प्रदेशको औचित्य पुष्टि गर्न नसक्ने खालको बजेट ल्याएर कसरी प्रदेशको समृद्धिको परिकल्पना गर्न सकिन्छ ?’

    कांग्रेसले कृषि क्षेत्रमा भारी मात्रामा गरिएको बजेट कटौतीको विरोध गरेको छ । प्रदेशले कृषि क्षेत्रमा चालु आर्थिक वर्षको भन्दा झण्डै ५८ करोड रुपैयाँ घटाएर बजेट ल्याएको छ । त्यसयता सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट भाषणका क्रममै प्रदेशको समृद्धिको आधार कृषि क्षेत्र रहेकाले कृषिलाई सरकारले प्राथमिकतामा राखेको जनाएको थियो ।

    कृषि क्षेत्रको विकास गर्ने र रोजगार समेत सृजना गर्ने सरकारको लक्ष्यलाई बजेट कटौतीले कसरी पुरा गर्न सक्छ भन्दै कांग्रेसले सरकार माथि प्रश्न उठाएको छ । ‘सरकारले नीति तथा कार्यक्रम र बजेटको पहिलो पृष्ठमै कृषि क्षेत्रको विकास गर्ने र प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउने परिकल्पना सहित उल्लेख गरेको थियो,’ कांग्रेस संसदीय दलका नेता चौधरीले भने ‘भन्ने बेला कृषि क्षेत्रको विकास गर्ने भन्ने अनि बजेट घटाउने ? यो किसान बिरोधी सरकार हो ?’

    यसैगरी पर्यटन क्षेत्रमा समेत बजेट कटौती गरेको प्रति कांग्रेसको असन्तुष्टि छ । लुम्बिनी प्रदेशको समृद्धिको अर्को आधार क्षेत्रका रुपमा रहेको पर्यटन विकासका लागि सरकारले बजेटमा चासो नदेखाएको भन्दै कांग्रेसले पर्यटन क्षेत्रमा पचास प्रतिशत बजेट कटौती गरेको दाबी गरेको छ ।

    ‘लुम्बिनी प्रदेशको समृद्धिको अर्को बलियो आधार भनेको पर्यटन क्षेत्र हो, तर पर्यटनको क्षेत्रमा पचास प्रतिशत बजेट घटेको छ,’ कांग्रेस संसदीय दलका नेता चौधरीले भने ‘पर्यटनको विकास विना कसरी प्रदेशको समृद्धि सम्भव छ ? सरकारको यस्तै नियत भयो भने हामीले कसरी प्रदेशको औचित्य पुष्टि गर्न सक्छौँ ?’

    यसैगरी प्रदेशमा मदिरा ब्राण्डिङको विषयलाई सरकारले प्राथमिकतामा नपारेको प्रति कांग्रेस असन्तुष्ट छ । स्थानीय मदिरा ब्राण्डिङ गर्ने र यसले आयआर्जनसँगै प्रदेशको आर्थिक अवस्था उँचो बन्ने भन्दै अघिल्लो कांग्रेस नेतृत्वको सरकारले प्राथमिकतामा राखेको थियो । तर वर्तमान सरकारले यो कार्यक्रमलाई बजेटमा कटौती गरेको भन्दै कांग्रेसले प्रतिशोध पूर्ण निर्णय अहिलेको सरकारले गरेको जनाएको छ ।

    अघिल्लो सरकारले ल्याएको कार्यक्रम कटौती गर्नुपर्छ भन्ने नियत राखिएको हो ?’ चौधरीले भने, ‘स्थानीय मदिरा ब्राण्डिङको योजना संघीय सरकारले समेत बनाउन सक्यो, तर प्रदेश सरकारले किन बनाउन सकेन ? कांग्रेस नेतृत्वको सरकारले बनाएको योजना फाल्नुपर्छ भन्ने नियत राखिएको हो ?’ यसैगरी दलित विपन्न वर्गका लागि छुट्ट्याएको लक्षित बजेट समेत कटौती गरिएको प्रति कांग्रेसको असहमति छ  ।

    फलतः बजेट पुनर्लेखनलाई उसले एक मात्रै सर्त बनाएको छ । ‘किसान विरोधी, पर्यटन विरोधी, दलित, विपन्न नागरिक विरोधी सरकारले ल्याएको यो बजेट कांग्रेसका लागि कदापि स्वीकार्य छैन,’ कांग्रेस संसदीय दलका नेता चौधरीले भने, ‘बजेट पुनर्लेखन हुनुपर्छ, अन्यथा कांग्रेसले संसद अवरोध गर्छ ।’

    यसैगरी प्रदेशबाट विनियोजित रकम व्यक्ति विशेष केन्द्रित भएको आरोप समेत कांग्रेसले लगाएको छ । आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्नेमा मन्त्रीहरूको क्षेत्रमा बढी बजेट गएको समेत कांग्रेसको आरोप छ । ‘बजेट आवश्यकताका आधारमा गएको छैन, २५ प्रतिसत बजेट त मन्त्रीको क्षेत्रमा गएको छ,’ संसदीय दलका नेता चौधरीले भने ‘बजेटले आवश्यकतालाई सम्बोधन गरोस् भन्ने चाहना कांग्रेसको हो ।’

    कांग्रेस प्रदेश प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले अहिलेको बजेटलाई कांग्रेसले स्वीकार नगर्ने बताए । उनका अनुसार शनिबार बजेटका विषयमा सत्ता पक्षीय र प्रतिपक्ष दलका बिचमा छलफल हुने भएको छ ।

    शुक्रबार कांग्रेसको अवरोध भएपछि संसद बैठक स्थगित भएको छ । सभामुख तुलबहादुर घर्तीले कांग्रेसको अवरोध भएपछि छलफलका लागि भन्दै आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । तर सहमति हुने अवस्था नभएपछि बैठक आइतबार सम्मका लागि स्थगित गरिएको छ ।

  • नारायणप्रसाद भट्ट सचिवमा बढुवा, कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी

    काठमाडौं । नेपाल प्रशासन सेवाका वरिष्ठ सहसचिव नारायणप्रसाद भट्ट राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा

  • खसीको मूल्य, बाख्रीको मासु : रातोपुलमा उपभोक्ता ठगीको आरोपमा तीन पक्राउ

    काठमाडौं । चाडबाड नजिकिँदै गर्दा उपभोक्तालाई ठगी गरेको आरोपमा राजधानीको रातोपुल क्षेत्रमा प्रहरीले तीन जनालाई

  • बाढीमा ज्यान गुमाएकाका शव तनहुँको जङ्गलमा व्यवस्थापन गरिँदै

    दमौली (तनहुँ) । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका र त्रिशूली नदीमा फेला परेका तर हालसम्म

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend