Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टर्कीलाई हराउँदै पोर्चुगल युरोकपको अन्तिम १६ मा पुग्यो


९, असार २०८१
  • 172
    SHARES
  • टर्कीलाई हराउँदै पोर्चुगल युरोकपको अन्तिम १६ मा पुग्यो

    काठमाण्डौ । युरोकप फुटबल २०२४ अन्तर्गत समूह 'एफ'को खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले पराजित गरेको छ । जीतसँगै पोर्चगुल समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलको लागि बर्नाल्डो सिल्भा र बु्रुनो फर्नान्डेसले एक–एक गोल गरे । अर्को गोल भने उपहार पाएको हो ।

    यो खेलमा तेस्रो गोलको लागि बु्रनोलाई पास उपलब्ध गराएसँगै क्रिस्टियानो रोनाल्डो युरोकपमा सर्वाधिक एसिस्ट दिने खेलाडी बनेका छन् । कीर्तिमानी छौटौंपल्ट युरोकप खेलिरहेका रोनाल्डोले सर्वाधिक आठ गोलका लागि पास उपलब्ध गराएका छन् ।

    दुई खेलमा दुई जित हासिल गरेको पोर्चुगल छ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । दुई मध्ये एक खेल जितेको टर्की समूहको दोस्रो स्थानमा छ ।

    यस्तै युरोकपअन्तर्गत गएराति भएको खेलमा समूह 'एफ' का जर्जिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै बिहान सम्पन्न समूह 'ई' को खेलमा बेल्जियमले रोमानियालाई २–० गोलले पराजित गरेको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend