Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकप छनोट प्ले अफमा नेपाल आज यूएईसँग खेल्दै


१७, असार २०८०
  • 170
    SHARES
  • विश्वकप छनोट प्ले अफमा नेपाल आज यूएईसँग खेल्दै

    काठमाडौं । जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटको प्ले अफमा आज नेपाले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। जिम्बाब्वेको ताकासिन्हा स्पोर्टस क्लबमा खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजेपछि सुरु हुनेछ।

    नेपाल समूह ‘ए’ को चौथो र यूएई समूह ‘बी’ को पाँचौं स्थानमा रहँदै प्लेअफ खेल्ने भएका हुन्। नेपालले छनोटको समूह चरणमा एक मात्र जित हात पारेपछि सुपरसिक्स असफल भएको थियो। ​ यूएई समूह चरणको अन्तिम खेलमा आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएपछि प्लेअफमा नेपाल प्रतिद्वन्द्वी पाएको हो। 

    नेपालले छनोटमा ४ खेलमा ३ मा हार र १ मा जितसहित २ अंक जोड्दा यूएई अंकविहीन बनेको थियो। पहिलो प्लेअफमा आयरल्यान्डले अमेरिकालाई ६ विकेटले हराएको थियो। यूएईविरुद्ध जित हातपारे नेपालले सातौँ स्थानमा लागि आयरल्यान्डको सामना गर्नेछ।  पराजित भए नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ। 

    नेपाल र यूएई एकअर्काका परिचित प्रतिद्वन्द्वी हुन्। ओडीआईमा भएका पछिल्ला पाँच भेटमा नेपाल चार खेलमा विजयी भएको छ। एक खेल यूएईको पक्षमा गएको थियो।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend