Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो


९, असार २०८१
  • 169
    SHARES
  • विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

    काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा अस्ट्रेलियामाथि अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ ।

    आइतबार बिहान भएको खेलमा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले अस्ट्रेलियालाई १९.२ ओभरमा अलआउट गर्दै २१ रनको जित निकालेको हो ।

    सुरुमा ब्याटिङ गरेको अफगानिस्तनका लागि रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले अर्धशतक बनाए। ४९ बल खेलेका गुरबाजले चार-चार चौका र छक्का प्रहार गर्दै ६० रन बनाए ।

    अर्का ओपनर जाद्रानले ४८ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाएका हुन्। उसका लागि करिम जनातले १३ रन जोड्दा मोहम्मद नाबीले नटआउट १० रन बनाए। अफगानिस्तानले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो ।

    अस्ट्रेलियाका लागि प्याट कमिन्सले तीन विकेट लिँदा एडम जाम्पाले दुई विकेट हात पारेका थिए भने मार्कस स्टोइनिसले एक विकेट लिए ।

    अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय इनिङ खेल्नुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्। मिचेल मार्शले १२ रन बनाउँदा मार्कस स्टोइनिसले ११ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    अस्ट्रेलियाविरुद्ध घातक बलिङ गरेका अफगानिस्तानका गुलबदिन नायबले चार विकेट हात पारे। चार ओभर बलिङ गरेका उनले मात्र २० रन दिएर चार विकेट झारेका हुन्। नवीन उल हकले तीन विकेट हात पारे। उनले २० रन दिएर चार ओभर बलिङ गर्दा तीन विकेट हात पारेका हुन्। उसका लागि राशिद खान, अजमातुल्लाह उमरजाई र मोहमद नाभीले एक/एक विकेट हात पारे ।

    अफगानिस्तानसँगको हारसँगै समूह १ को अस्ट्रेलिया दुई अंकमा सीमित भएको छ । दोस्रो खेलमा पहिलो जित निकालेको अफगानिस्तानलेसमेत दुई अंक जोडेको छ । रनरेटको आधारमा तालिकामा भने अस्ट्रेलिया दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन् । समूह १ मा चार अंकसहित भारत शीर्ष स्थानमा छ भने बंगलादेश अंकबिहीन छ । अब अस्ट्रेलियाले सुपर ८ को अन्तिम खेल सोमबार भारतसँग खेल्दैछ । सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाले भारतलाई पराजित गर्नुपर्ने हुन्छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend