Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

त्रिवि प्राध्यापक संघको चुनाव साउनभित्र गर्ने सहमति


९, असार २०८१
  • 153
    SHARES
  • त्रिवि प्राध्यापक संघको चुनाव साउनभित्र गर्ने सहमति

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन साउनभित्र गर्ने सहमति भएको छ ।

    ७ र ८ असारमा तोकिएको दोस्रो पटकको चुनाव पनि प्रतिनिधि छनोट विवादका कारण स्थगित भएपछि शनिबार निर्वाचन समिति र आन्दोलनरत पक्षबीच छलफल भएको थियो । सो छलफलले असारभित्र प्रतिनिधि छनोटको विवाद टुङ्ग्याउने र साउनभित्र चुनाव गर्ने सहमति गरेको हो ।

    शनिबार आन्दोलनरत प्राध्यापक तथा निर्वाचन समितिबीच भएको वार्तामा प्रतिनिधि छनोटमा विवाद भएका विश्वविद्यालय क्याम्पस कीर्तिपुर, त्रिचन्द्र लगायतको क्याम्पसमा विधान अनुसार प्रक्रिया पुर्‍याएर प्रतिनिधि पठाउन लगाउने, अन्य इकाईहरूको प्रतिनिधि छनोट पनि विधान अनुसार भएको वा नभएको हेर्ने र विवादित देखिए त्रिवि प्राध्यापक संघ केन्द्रीय समिति र निर्वाचन समितिले विधान अनुसार टुंगो लगाउने सहमति भएको छ ।

    साउनको पहिलो हप्ता नामावली प्रकाशन गर्ने र चुनावको कार्यक्रम तय गरेर निर्वाचनको लागि जिल्लागत केन्द्र (बहु निर्वाचन केन्द्र) कायम गरी साउनभित्र चुनाव सक्ने सहमति भएको छलफलका एक सहभागीले बताए ।

    सहमतिपछि प्रजातन्त्रवादी प्राध्यापक संघका महासचिव राजेन्द्र गौतमको नेतृत्वको समूहले विभिन्न क्याम्पसमा लगाएको ताला खोलेका छन् । ९ मंसिर २०८० मा पनि प्रतिनिधि छनोटलाई लिएर विवाद भएपछि चुनाव स्थगित गरेको थियो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend