Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

महामन्त्री शर्माको गर्जन : हामीलाई जीबी राई चाहिएको हो, उनको लोकेशन होईन


९, असार २०८१
  • 255
    SHARES
  • महामन्त्री शर्माको गर्जन : हामीलाई जीबी राई चाहिएको हो, उनको लोकेशन होईन

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेको जीवी राईलाई पक्राउ गर्न किन ढिलाई भएको भन्दै प्रश्न गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको बताए । गृहमन्त्रीले जीवी राईको लोकेशन पत्ता लागिसक्यो भनेर मिडियामा बिस्कुन लगाउने काम गरेको तर पक्राउ गर्न नचाहेको शर्माको आरोप छ ।

    उनले भने,‘गत असार ६ गते माननीय गृहमन्त्रीजीले चितवनमा पुगेर भन्नुभयो कि मलेसियाका गृहमन्त्रीसँग सम्पर्कमा छु, र जीवी राईको लोकेशन पत्ता लागिसकेको छ । पोईन्ट टु बी नोटेड भन्छ नि सभामुख महोदय, म भन्न चाहन्छु एउटा फरार अभियुक्त कहाँ छन् भने देशले खोजिरहेको बेलामा अर्को देशको गृहमन्त्रीले हामीले लोकेट गरिसक्यौं भन्छन् ।

    सामाजिक सञ्जाल चलाउन उनलाई पनि आउँछ । सामाजिक सञ्जालमा नेपालको गृहमन्त्रीसँग कुरा भएको भनेर लेख्छन् । गोपनियता खोल्दैनन् । तर, हाम्रो गृहमन्त्रीले त गोप्य सूचनाको (राजपत्रमा प्रकाशित गर्नबाहेक) मिडियामा बिस्कुन लगाउनुहुन्छ ।

    यो कुरा संसारलाई थाहा छ कि गोरखा मिडियाका दुई जना मालिकमध्ये एक जना फरार छन् । एक जना चाहीँ गृहमन्त्री हुनुहुन्छ । सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीले गिरफ्तार गर्नुछ ।

    त्यसैले लोकेशन पत्ता लागिसक्यो भनेर माईकबाटै फुकेर के अर्थ हुन्छ ? अभियुक्त पक्रने नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ?’ उनले देशलाई जीवी राईको लोकेशन नभएर जीवी राई चाहिएको बताए ।

    उनले भने,‘अब त्यो लोकेशनमा गेट बनाएर कार्पेट ओछ्याएर अनि दुई पक्षीय वार्ता हुने हो ? म प्रश्न गर्न चाहन्छु ।’ लोकेशन पत्ता लागिसकेपछि जीवी राई पक्राउ गर्न चार दिन किन लाग्यो भन्दै प्रश्नसमेत गरे ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend