Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकाले ल्यायो ४४ करोड ५७ लाखको बजेट


१०, असार २०८१
  • 174
    SHARES
  • परिवर्तन गाउँपालिकाले ल्यायो ४४ करोड ५७ लाखको बजेट

    रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ४४ करोड ५७ लाख ११ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय बजेटको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था अनुसार सोमबार परिवर्तन गाउँपालिकाको बहुउद्देश्यीय सभाह्ल पुतलाचौरको १७ औं गाउँसभाबाट बजेट सार्वजनिक गरिएको हो ।

    परिवर्तन गाउँपालिका -२ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले १७ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ८ करोड ६० लाख , शर्शत अनुदान चालु तर्फ १९ करोड २० लाख ३८ हजार, शर्शत अनुदान पुजीगत तर्फ ३ करोड ७२ लाख , समपुरक अनुदान ६० लाख र राजश्व बाँडफाँड बापतको ९ करोड ४५ लाख गरी कुल ४१ करोड ५७ लाख ३८ हजार बजेट परिवर्तन गाउँपालिकालाई प्राप्त भएको बताउनु भएको छ ।

    प्रदेश सरकारबाट समानिकरण अनुदान ५५ लाख ३४ हजार , राजश्व बाँडफाँड बापत ३३ लाख ८९ हजार, समपुरक अनुदान ७० लाख र शर्शत अनुदान १ करोड ५ लाख गरि कुल २ करोड ६४ लाख २३ हजार रुपियाँ अनुमानित बजेट परिवर्तन गाउँपालिकालाई प्राप्त भएको बताउनु भएको छ ।

    आगामी आर्थिक वर्ष २०८१/०८२ मा परिवर्तन गाउँपालिकाले गाउँपालिकाको आन्तरिक आम्दानी ३५ लाख ५० हजार हुने प्रक्षेपण गरेको छ । कुल बजेट ४४ करोड ५७ लाख ११ हजार रुपैयाँँ मध्ये चालु तर्फ २९ करोड ७२ लाख ८० हजार ३ सय ६० रुपैयाँ अर्थात् ६६ प्रतिशत रहेको छ ।

    पुँजीगत तर्फ १४ करोड ८४ लाख ३० हजार ६ सय ४० रुपैयाँँ अर्थात ३४ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यस्तै वडा कार्यालयका लागि अनिवार्य अनुदान न्युनतम बजेट रु १६ लाख र वडाको भूगोल, जनसंख्या, आन्तरिक राजश्वको अवस्थालाई मुख्य सूचक सहितको शुत्रमा आधारित हुने गरी सबै वडाका स्थानीयको सहभागितामा छनोट भई आएका योजनालाई प्राथमिकता दिने गरी रु १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

    जसमध्ये परिवर्तन गाउँपालिका -१ कुरेलीमा २७ लाख ३३ हजार ९ सय ७३ रुपियाँ रहेकोे छ । परिवर्तन गाउँपालिका -२ राङ्सीमा २७ लाख ९८ हजार ६ सय ११ रुपियाँ रहेको छ । परिवर्तन गाउँपालिका -३ इरिबाङ्मा २२ लाख ५७ हजार ८ सय ५५ रुपियाँ रहेको छ । परिवर्तन गाउँपालिका -४ पाछाबाङ्मा २६ लाख ५४ हजार २ सय ४२ रुपियाँ रहेको छ ।

    परिवर्तन गाउँपालिका -५ राङ्कोटमा २५ लाख ९ हजार ५ सय ५७ रुपियाँ रहेको छ । परिवर्तन गाउँपालिका -६ इरिबाङ्मा २० लाख ४५ हजार ६ सय ६२ रुपियाँ रहेको छ । शिक्षा ,स्वास्थ्य , रोजगारी ,कृषि तथा पशु क्षेत्रको विकास ,उद्यम प्रवर्द्धन तथा पूर्वाधार विकास , विपद व्यवस्थापन , पर्यटन , सूचना तथा सञ्चार , लैगिंक समानता तथा सामाजिक समावेशीकरण , सामाजिक सुरक्षा , न्याय तथा मेलमिलाप साथै कर्मचारीहरुको उत्प्रेरणा तथा क्षमता अभिवृद्धिलाई राखी नीति कार्यक्रम तथा बजेट ल्याइएको परिवर्तन गाउँपालिकाले बताएको छ ।

    गाउँपालिका भित्र रहेका राष्ट्रिय गौरवका आयोजना तथा दिगो विकासलाई आत्मसात गर्दै बजेट विनियोजन गरिएको पालिकाले बताएको छ । परिवर्तन गाउँपालिकाको आगामी आर्थिक १७ औं गाउँसभामा असार ८ गते पेश भएको परिवर्तन गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति कार्यक्रम तथा बजेट बहुमतले पारित भएको छ ।

    सभाध्यक्ष सुक बहादुर बुढा मगरले राखेको नीति कार्यक्रम तथा बजेट माथि उपस्थित वडा सदस्यहरुलाई कुनै असन्तुष्ट र संशोधन गर्नुपर्ने समय राखिएकोमा कुनै पनि वडा सदस्यको असहमति नभएकोले गाउँसभाबाट सबै सदस्यहरुले तालिम बजाएर पारित गरेका छन् ।

    आर्थिक वर्ष २०८१/०८२ को आर्थिक ऐन परिवर्तन गाउँपालिका गाउँसभा सदस्य तथा परिवर्तन गाउँपालिका -३ का वडा अध्यक्ष खिम विक्रम चन्दले गर्नु भएको थियोे । आर्थिक ऐन समेत बहुमतले पारित गरिएको छ। आर्थिक वर्ष २०८१/०८२ को विनियोजन ऐन गाउँसभा सदस्य तथा परिवर्तन गाउँपालिका -२ का वडा सदस्य उत्सीपा विकले गर्नु भएको थियोे ।

    विनियोजन ऐन पनि बहुमतले पारित भएको छ । आर्थिक बर्ष २०८०/०८१ मा बनाएका कार्यविधि र विधेयकमा समेत गाउँसभामा प्रस्तुत गरिएको थियोे । विधेयक निर्माण नभएको र बनेका १५ कार्यविधीमा छलफल गरी केही कार्यविधि पारित समेत गरिएको छ ।

    गाउँसभाको सभाध्यक्ष, सञ्चालन तथा समाप्न परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले गर्नु भएको थियोे ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend