Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र


३०, भदौ २०८३
  • 59
    SHARES
  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५ का ३६५ परिवारले अन्ततः जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्।

    नापी कार्यालय धनुषाका अनुसार साविक सुगा निकास गाविस–३ अन्तर्गत पर्ने उक्त क्षेत्रमा विसं २०७२ मै नाप नक्सा सम्पन्न भएको थियो। तर विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित थिए।

    नापी कार्यालयले स्ववासी तथा गाउँ ब्लक क्षेत्रका नाप नक्सा सम्पन्न भएका तर दर्ता हुन बाँकी जग्गाको समस्या समाधान गर्दै प्रमाणपुर्जा वितरण गरेको जनाएको छ। पुर्जा प्राप्त भएसँगै स्थानीय परिवारले वर्षौँदेखि उपभोग गर्दै आएको जग्गामाथि कानुनी स्वामित्व स्थापित गर्ने आधार पाएका छन्।

    नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमारका अनुसार जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि स्थानीयवासीलाई आफ्नो सम्पत्ति बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ। साथै, कानुनी रूपमा जग्गा बिक्री–वितरण गर्न सकिने भएकाले स्थानीय आर्थिक गतिविधि विस्तार हुनुका साथै राज्यलाई राजस्वसमेत प्राप्त हुने उनले बताए।

    धनुषामा सञ्चालन भइरहेको जग्गाधनी प्रमाणपुर्जा वितरण अभियानलाई थप विस्तार गर्ने तयारीसमेत गरिएको छ। अभियानअन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका–१ र २ तथा साविक रमदैया भवाडी गाविस–३ का थप ३७५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी भइरहेको नापी कार्यालयले जनाएको छ।

    नापी नक्सा सम्पन्न भइसकेका तर दर्ता प्रक्रिया बाँकी रहेका धनुषाका अन्य गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको विवरणसमेत कार्यालयले अध्ययन गरिरहेको छ। लामो समयदेखि जग्गाको स्वामित्वसम्बन्धी समस्या झेल्दै आएका परिवारलाई कानुनी अधिकार दिलाउने उद्देश्यले अभियानलाई निरन्तरता दिइने कार्यालयको भनाइ छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • भोटेकोशी बाढीपीडितको पुनर्वास प्रदेश सरकारले गर्ने, स्थानीय तहले जग्गा दिने

    भक्तपुर । भोटेकोशी बाढीबाट घरबारविहीन भएका नागरिकको दीर्घकालीन पुनर्वासका लागि वाग्मती प्रदेश सरकारले स्थायी बस्ती

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend