Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दै अफगानिस्तान


११, असार २०८१
  • 129
    SHARES
  • बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दै अफगानिस्तान

    काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा अहिले अफगानिस्तानले बंगलादेशविरुद्ध ब्याटिङ गर्दैछ ।

    सुपर-८ को अन्तिम खेलमा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको हो। सुपर-८ को समूह-१ बाट भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गरिसेको छ ।

    अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनल पुगेको हो । यो समूहबाट सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो बंगलादेश र अफगानिस्तानको खेलमा भर पर्नेछ।

    अस्ट्रेलियाले तीन खेल खेल्दा दुई अंक मात्र बनाएको छ भने दुई खेल खेलेको अफगानिस्तानको समान दुई अंक छ ।

    अंकबिहीन बंगलादेशसमेत सेमिफाइनल दौडबाट बाहिरिसकेको छैन । बंगलादेशले अफगानिस्तानविरुद्ध जित निकाले अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान दुईदुई अंक बन्नेछ ।

    तीन टिममध्ये रनरेटको आधारमा एउटा टिम सेमिफाइनल प्रवेश गर्नेछ । अफगानिस्तान विजयी भए स्वः सेमिफाइनल पुग्नेछ । सुपर-८ को समूह- २ बाट भने दक्षिणा अफ्रिका र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनल प्रवेश गरिसेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend