Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

इटाली युरोकपको अन्तिम १६ मा प्रवेश


११, असार २०८१
  • 153
    SHARES
  • इटाली युरोकपको अन्तिम १६ मा प्रवेश

    काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबलमा इटाली अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ ।

    आज बिहान सकिएको समूह ‘बी’ को खेलमा क्रोएसियासँग १–१ गोलको बराबरी खेल्दै साविक विजेता इटाली युरोकपको अन्तिम १६ मा पुगेको हो । खेलमा इटालीका लागि माटिया जाकाग्नी र क्रोएसियाका लुका मोड्रिचले एक–एक गोल गरेका थिए ।

    खेलको ५५औँ मिनेटमा मोड्रिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयको आठौँ मिनेटमा इटालीका जाकाग्नीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

    यो बराबरीसँगै इटाली ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहँदै प्रि-क्वार्टरफाइनलमा पुगेको छ । शतप्रतिशत नतिजा निकाल्दै स्पेन ९ अंकसहित शीर्षस्थानमा छ । स्पेन यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । क्रोएसियाको २ र अल्बानियाको १ अंक छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend