काठमाडौँ । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
अस्ट्रेलिया आईसीसी टी २० विश्वकप क्रिकेटको सुपर ८ बाटै बाहिरिएपछि वार्नरले १५ वर्षे अन्तर्राष्ट्रिय करियरमा पूर्णविराम लगाएका हुन् ।
आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा वार्नरले भारतविरुद्ध मात्र ६ रन बनाउन सके । वार्नरले आफ्नो अन्तिम वान डे गत नोभेम्बरमा भएको विश्वकपमा भारतविरुद्ध र टेष्ट गत जनवरीमा पाकिस्तानविरुद्ध खेलेका थिए ।
३७ वर्षे वार्नरले पहिलो टी २० र पहिलो वान डे २००९ को जेनवरीमा साउथ अफ्रिकाविरुद्ध तथा पहिलो टेष्ट २०११ मा न्युजिल्यान्डविरुद्ध खेलेका थिए ।
आफ्नो अन्तर्राष्ट्रिय करियरमा उनले ११२ वटा टेष्ट म्याचमा ८,७८६ रन, १६१ वटा वान डेमा ६,९३२ रन र ११० वटा टी २० मा ३,२७७ रन बनाएका छन् ।