Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आर्थिक वर्ष २०८१/२०८२ को लागि गुल्मीका स्थानीय तहको बजेट सात अरब


११, असार २०८१
  • 408
    SHARES
  • आर्थिक वर्ष २०८१/२०८२ को लागि गुल्मीका स्थानीय तहको बजेट सात अरब

    गुल्मी । गुल्मीका स्थानीय तहले आर्थिक वर्ष २०८१/२०८२ को लागि कानुनले तोकेको समयमै सभामा करिब सात अरबको बजेट प्रस्तुत गरेका छन ।

    हरेक स्थानीय तहले आगामी आर्थिक वर्षको लागि असार १० गते भित्र बजेट प्रस्तुत गर्नुपर्ने कानूनी ब्यबस्था अनुरुप गुल्मी जिल्लाका १२ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि छ अर्ब ७२ करोड ५४ लाख ५७ हजार ६८२ रुपियाँ बराबरको आय-व्यय सहितको अनुमानित बजेट सार्वजनिक गरेका हुन ।

    सदरमुकाममा रहेको रेसुङ्गा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि सबैभन्दा बढी करिब ७९ करोडको बजेट सार्वजनिक गरेको छ।

    रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीका अनुसार नगरपालिकाले शिक्षा, स्वास्थ्य,पर्यटनलगायतका विभिन्न क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि कूल ७८ करोड ३५ लाख पाँच रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

    यसैगरी आगामी आर्थिक वर्षका लागि मुसिकोट नगरपालिकाले ६९ करोड ६० लाख ९७ हजार ४२५ रुपियाँ बजेट सार्वजनिक गरेको जानकारी नगरप्रमुख जीवन खरेलले दिनु भयो। 

    सोमबार सार्वजनिक गरिएको बजेट बक्तब्य अनुसार रुरुक्षेत्र गाउँपालिकाले ५६ करोड ९१ लाख ७८ हजार रुपियाँ,धुर्कोट गाउँपालिकाले ५६ करोड २५ लाख ९० हजार ८९२ रुपियाँ र मालिका गाउँपालिकाले ५५ करोड ९२ लाख ५४ हजार रुपियाँ रहेको छ । 

    यसैगरी छत्रकोट गाउँपालिकाले ५५ करोड ३६ लाख ८७ हजार ५२३ रुपियाँ बराबरको बजेट पेश गरिएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो। 

    कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले दिनुभएको जानकारी अनुसार आर्थिक वर्ष २०८१/२०८२ को लागि ५४ करोड नौ लाख ९७ हजार रुपियाँ बराबरको बजेट ल्याइएको छ। 

    इस्मा गाउँपालिकाले आर्थिक वर्ष २०८१/२०८२ को लागि ४५ करोड ५० लाख २९ हजार रुपियाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरेको गाउँपालिका अध्यक्ष भगतसिंह खडकाले बताउनुभयो।

    मदाने गाउँपालिकाकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले दिनुभएको जानकारी अनुसार उक्त गाउँपालिकाको आर्थिक वर्ष २०८१/२०८२ को लागि ५० करोड ३८ लाख ९२ हजार रुपियाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरिएको छ।

    गुल्मीदरबार गाउँपालिकाले ४५ करोड ९३ लाख आठ हजार रुपियाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष सरोज थापाले जानकारी दिनुभयो।

    चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले दिनुभएको जानकारी अनुसार त्यस गाउँपालिकाले आर्थिक वर्ष २०८१/२०८२ को लागि ५० करोड ३४ लाख १० हजार ३४२ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

    यसैगरी सत्यवती गाउँपालिकाले ५३ करोड ८५ लाख आठ हजार ५०० रुपियाँ बराबरको बजेट पेश गरेको जानकारी प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताउनु भयो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend