रोल्पा । रोल्पामा चट्याङबाट २ जनाको मृत्यु भएको छ । रोल्पा सुनछहरी गाउँपालिका वडा नं.-३ बाहिरी गाम दाङ्जा बस्ने लोकेन्द्र घर्तिमगरको श्रीमती बर्ष २२ कि जईता घर्तिमगर र निजकी नन्द बर्ष १४ कि गोमला घर्तिमगरको चट्याङबाट मृत्यु भएको हो ।
मंगलबार राति १ बजेको समयमा आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक परेको चट्टयाङ् लागि घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । मृतकको श्रीमान कामको शिलशिलामा बाग्लुङ गएको समेत बताइएको छ ।