Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची : भुमिकास्थानको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक


१२, असार २०८१
  • 175
    SHARES
  • अर्घाखाँची : भुमिकास्थानको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक

    अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि नगरसभाबाट पारित ८६ करोड ८८ लाख ४७ हजार रुपैयाँको बजेट आज सार्वजनिक गरेको छ ।

    नगरपालिकाले आज पत्रकार सम्मेलन मार्फत बजेट सार्वजनिक गरेको हो । भुमिकास्थान नगरपालिकाले यस बर्षको नीति तथा कार्यक्रममा महिलाहरुको पाठेघर र स्तन क्यान्सर रोकथाम नियन्त्रण गर्न स्वास्थ शिबिर, ज्येष्ठ नगरिक घरदैलो सेवा, १५ शैयाको आधारभुत अस्पताल संचालन, बसाइ सराइ कम गर्न कर्मशिल जनशक्ती रोजगार कार्यक्रम, स्थानिय उत्पादनमा जोड र बजारिकरणको ब्यबस्थापन, बिपद जोखिम नियन्त्रण ,नगरका मुख्य सडक कालोपत्र ,सहित नगरको आन्तरिक आम्दानी बृद्दी गर्ने लक्ष्य लिएको छ ।

    बजेट तर्फ नगरपालिकाले कुल बजेटको ५८ प्रतिशत ३९ करोड ७९ लाख ३१ हजार सामाजिक बिकासको क्षेत्रमा छुट्टाएको छ । यसैगरी पुर्वाधार तर्फ २० प्रतिशत १३ करोड ९१ लाख, सुशासन तथा संस्थागत बिकास क्षेत्र तर्फ १६ प्रतिशत १० करोड ९९ लाख ४९ हजार, आर्थिक बिकास तर्फ कुल बजेटको ५ प्रतिशत बिनियोजन गरेको छ ।

    नगरपालिकाले आगामी आर्थिक वर्षमा रोजगारी, स्वरोजगार र उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने नीति लिएको नगर प्रमुख झविलाल थापाले बताएका छन ।

    जसअनुसार नवप्रवर्द्धनात्मक कार्यक्रम अन्तरगत कर्मशील जनशक्ति परिचालन गर्ने, बाँझो जग्गामा व्यवसायीक खेती गर्न सूचीकृत बेरोजगारलाई काममा लगाउने, आगामी आर्थिक बर्षमा ५ सय व्यक्तिलाई स्वरोजगार बनाउने गरी हस्तकलाका सामग्री उत्पादन र बजारीकरणमा संलग्न गराउने नगरपालिकाले निति तथा कार्यक्रम बनाएको नगर प्रमुख थापाको भनाई छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend