Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

युरोकप फुटबल : पोर्चुगल जर्जियासँग २–० ले पराजित, टर्कीले चेक रिपब्लिकलाई हरायो


१३, असार २०८१
  • 149
    SHARES
  • युरोकप फुटबल : पोर्चुगल जर्जियासँग २–० ले पराजित, टर्कीले चेक रिपब्लिकलाई हरायो

    काठमाण्डौ । युरोकप फुटबलमा समूह 'एफ' को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग २–० गोलले पराजित भएको छ ।

    जर्मनीको गेल्सनकर्केनमा रहेको भेल्टिन्स एरिनामा जर्जियासँग हारे पनि पोर्चुगल समूह विजेता बनेको छ । जर्जियाको जितमा नेपोलीका विंगर क्विचा क्भारात्क्षेलियाले पहिलो र जर्जेस मिकाउताद्जेले पेनाल्टीमा दोस्रो गोल गरे ।

    समूहको अर्को खेलमा टर्कीले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । टर्कीका लागि कप्तान हाकान चाल्हानोग्लु र चेन्क तोसुनले गोल गरे । चेक रिपब्लिकका कप्तान टोमस सुचेकले एक गोल मात्र फर्काउन सके ।

    यो समूहमा पोर्चुगल र टर्की समान ६–६ अङ्कका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । पहिलो पटक युरोकपमा छनोट भएको जर्जिया पनि चार अङ्कका साथ अन्तिम १६ मा प्रवेश गरेको छ । एक अङ्क जोडेको चेक रिपब्लिक बाहिरिएको छ ।

    यस्तै समूह 'ई' को अन्तिम चरणको खेलमा बेल्जियम र युक्रेनले गोलरहित बराबरी खेलेका छन् । यही समूहको अर्को खेलमा रोमानिया र स्लोभाकियाले पनि १–१ गोलको को बराबरी खेले । योसँगै यस समूहका चारवटै टोलीको समान चार अङ्क भएको छ ।

    गोल अन्तरका आधारमा रोमानिया समूह विजेता र बेल्जियम उपविजेता हुँदै अन्तिम १६ मा पुगेका छन् । स्लोभाकिया तेस्रो हुँदा युक्रेन पुछारमा रहेर समूह चरणबाट बाहिरिएको छ ।

    योसँगै युरोकप २०२४ को नकआउट चरणको समीकरण पूरा भएको छ । समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै पर्सि शनिबारदेखि अन्तिम १६ मा पुग्ने टोलीबीचको खेल शुरु हुनेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend