Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रोहित शर्माले लिए टी–२० अन्तर्राष्ट्रियबाट संन्यास


१६, असार २०८१
  • 184
    SHARES
  • रोहित शर्माले लिए टी–२० अन्तर्राष्ट्रियबाट संन्यास

    काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टी–२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका छन् । 

    शनिबार राति वेस्टइन्डिजमा भारतलाई १७ वर्ष पछि टी–२० विश्वकपको उपाधि दिलाएका कप्तान शर्माले संन्यासको घोषणा गरेका हुन् । त्यसअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका थिए ।

    भारतीय कप्तान रोहित शर्माले खेल पछिको प्रस्तुति कार्यक्रममा आफ्नो संन्यासको बारेमा केही भनेनन् । तर खेलपछि पत्रकार सम्मेलनमा रोहितले  संन्यासको घोषणा गरेका थिए । 

    विराट कोहलीले जस्तै उनले पनि यो टीम इण्डियाका लागि उनको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल भएको बताए । अर्थात् अब उनले टी–२० अन्तर्राष्ट्रियबाट संन्यास लिनेछन् । तर, रोहित र विराट दुवैले एकदिवसीय र टेस्टमा भारतका लागि खेल्ने छन् ।

    पत्रकार सम्मेलनमा रोहित शर्माले विराट कोहलीको टी–२० अन्तर्राष्ट्रियबाट संन्यास लिएको प्रश्नमा भने, ‘यो मेरो पनि अन्तिम टी–२० अन्तर्राष्ट्रिय थियो । यो ढाँचालाई अलविदा भन्नको लागि यो राम्रो समय हो । मलाई कप चाहिएको थियो र मैले यो पाएँ । यसबाहेक रोहितले यो ट्रफी राहुल द्रविडलाई समर्पण गरेको बताए ।  

    रोहित शर्माले आफ्नो करियरमा कुल १५९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र ४२३१ रन बनाएका छन् । यो फर्म्याटमा उनको नाममा सर्वाधिक ५ शतकको कीर्तिमान पनि छ । 

    रोहितले टी–२० अन्तर्राष्ट्रियमा कुल ३२ अर्धशतक पनि बनाएका छन् । अब उनले यही ऐतिहासिक कीर्तिमानसँगै आफ्नो यात्रा अन्त्य गर्ने निर्णय गरेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend