Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

‘हाम्रो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम कार्यान्वयन


१६, असार २०८१
  • 168
    SHARES
  • ‘हाम्रो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम कार्यान्वयन

    बाँके । नेपालगन्ज उपमहानगरपालिकाले ‘हाम्रो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीय आवश्यकता र प्राथमिकताका विषयवस्तु समावेश गरी बनाइएको पाठ्यक्रम चालु शैक्षिकसत्रदेखि कार्यान्वयनमा ल्याइएको हो ।

    नेपालगन्जको स्थानीय भाषा, कला, संस्कृति, उद्योग, व्यवसाय, पर्यटन, वातावरण, धार्मिकस्थल, गौरवमय स्तम्भलगायत विषयवस्तु पाठ्यक्रममा समेटिएको उपमहानगरका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत लोकबहादुर शाहीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय आवश्यकता र प्राथमिकताका विषयका बारेमा बालबालिकाको क्षमता विकास गर्ने, कला, संस्कृतिको संरक्षण र हस्तान्तरण गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गरिएको हो । पाठ्यक्रममा नेपालगन्जमा रहेका विभिन्न स्थान, रहनसहन, पर्यटकीय गन्तव्य, कला, संस्कृतिलगायत विभिन्न विषय छनोट गरिएको छ ।

    स्थानीय विषयको ज्ञान प्रदान गर्न र संस्कृति संरक्षणमा यो पाठ्यक्रमले मद्दत पुर्‍याउने शाखा अधिकृत शाहीले बताउनुभयो । “चालु शैक्षिकसत्रदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमले स्थानीय विषयको ज्ञान र सीपमा वृद्धि हुने अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो, “बालबालिकाले यहाँका चालचलन, रहनसहन र इतिहास, र्पटन, व्यापारलगायत विषयबारे जानकारी पाउनाका साथै सीप विकासमा टेवा पुर्‍याउने छ ।”

    गत वर्ष पाठ्यक्रम तयार गर्नका लागि कार्यदल निर्माण गरिएको थियो । उक्त कार्यदलले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम तयार गरेको हो । हाल तयार भएको पाठ्यक्रम छपाइसमेत गरिसकिएकाले चालु शैक्षिकसत्रमा लागू गर्ने बताउँदै शाहीले केही दिनभित्र यहाँका सबै विद्यालयमा वितरण गरिने जानकारी दिनुभयो ।

    पाठ्यक्रम पढाउन विद्यालयका शिक्षकलाई तालिम प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । शाखाका अधिकृत शाहीका अनुसार उपमहानगरअन्तर्गत रहेका ४३ सामुदायिक विद्यालय, ३९ धार्मिक विद्यालय र ८२ वटा निजी विद्यालयमा उक्त पाठ्यक्रम लागू गरिनेछ ।

    उपमहानगरको आफ्नै पाठ्यक्रम नहुँदा विद्यार्थीले यसअघि बिना पुस्तक पढ्न बाध्य थिए । चालु आर्थिक वर्षभित्रै पुस्तक विद्यार्थीहरूको हातहातमा पुर्‍याउने नीति उपमहानगरले लिएको छ ।

    पाठ्यक्रममा कक्षा १ देखि कक्षा ८ सम्म पाठ्यपुस्तक लेखन, सम्पादन, चित्र निर्माण गरिएको पाठ्यक्रम निर्माण कार्यदलका सदस्य वीरेन्द्र यादवले बताउनुभयो । उहाँका अनुसार उपमहानगरले नेपालगञ्जको सामाजिक, आर्थिक एवं ऐतिहासिक पक्षका जानकारी दिने विषयलाई पाठ्यक्रममा समावेश गरेको छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend