Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

स्पेन र इङ्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश


१७, असार २०८१
  • 175
    SHARES
  • स्पेन र इङ्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

    काठमाण्डौ – जर्जियालाई हराउँदै स्पेन युरोकप कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जर्मनीको कोल्नमा गएराति भएको खेलमा स्पेनले जर्जियालाई ४–१ को अन्तरले हराएको हो ।

    स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १–१ गोल गरे । स्पेनका रोविन ले नोर्मान्डको आत्मघाती गोलसँगै जर्जियाले शुरुवाती अग्रता लिएको थियो । अब स्पेनले क्वाटरफाइनलमा जर्मनीसँग खेल्नेछ ।

    यसअघि हिजोको अर्को खेलमा इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

    इभान स्क्रान्जले स्लोभाकियाका लागि शुरुवाती गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको पहिलो मिनेटमा इङ्ल्यान्डका ह्यारी केनले गोल गरे । अर्को गोल पनि केनले नै थपेर इङ्ल्यान्डलाई जिताएका हुन् ।

    इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ । आज हुने क्वाटरफाइनलको खेलमा फ्रान्स र बेल्जियम तथा पोर्चुग र स्लोभेनिया खेल्दैछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend