Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा


१७, असार २०८१
  • 463
    SHARES
  • बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा

    बुटवल । बुटवलका १६ वटा वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा भएका छन् ।

    पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८० अनुसार बुटवलका १९ मध्ये १६ वडा पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा भएका हुन् ।

    सोमबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

    कार्यक्रममा बोल्दै उनले आगामी वर्ष सबै वडाहरुलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त बनाउँदै नगरलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्ने बताए । उनले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लगानी सहितको कार्यक्रम गरेका कारण पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणाको तयारीमा जुटेको बताए ।

    उनले वडाहरुमा रहेका शहरी स्वास्थ्य केन्द्रहरुबाट प्रदान गर्ने सेवालाई स्तरीय बनाउँदै लगेको बताए । प्रमुख पाण्डेयले छिटै नै बुटवल १३ र १७ मा स्थापना भएका अस्पताल भवनहरुबाट जनरल अस्पताल र फिजियोथेरापी अस्पतालको सेवा शुरु गर्ने बताए । स्वास्थ्य क्षेत्रमा बालमृत्युदर र मातृमृत्युदर रोक्दै पोषण कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको उनले बताए ।

    कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई स्वास्थ्य क्षेत्रमा सबल बनाउनका लागि वडातहबाटै सेवा सुधार गरिरहेको बताइन् । वडा नम्बर १५ का अध्यक्ष तथा प्रवक्ता शिव राना र वडा नम्बर १२ का अध्यक्ष डिल्ली प्रसाद शर्माले सबै वडालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गर्ने गरी तयारी गरेको बताए। 

    यस वर्ष बुटवलका वडा नं ६, १२ र १७ लाई प्राविधिक कारणले पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गर्न नसकिएपनि आगामी आर्थिक वर्षमा नगरलाई नै घोषणा गर्ने तयारीका साथ कार्यक्रम अगाडि बढाउने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए।

    बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षभित्रमा वडा नम्बर १३ र १७ मा स्वास्थ्य केन्द्र भवन निर्माण भई अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी गरेको छ। यस्तै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधि उपचारका लागि बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तरत २ हजार ५ सय ८१ जनालाई विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरेको छ।

    नगर प्रमुख स्वस्थ शिशु कार्यक्रमअन्तरगत ४ सय ९ जना सुत्केरी महिलालाई जनही २ हजार रुपैयाँ पोषणभत्तावापत्को रकम वितरण गरेको स्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए। उनका अनुसार नगरबासीलाई सरकारी र निजी अस्पतालमा उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराउने कार्यक्रमबाट ४ सय जनाले लाभ लिएका छन्।

    यस्तै जटिलरोग विपन्न अनुदानअन्तरगत १ सय ४५ जनालाई जनही रु। १७ हजार, १८ वर्षमुनिका ३ जना एचआइभी संक्रमित बालबालिकालाई मासिक रुपमा जनही ३ हजार रुपैयाँ उपलब्ध गराइएको र विपन्न वर्गलक्षित जटिल रोग उपचारमा जनही १ लाख रुपैयाँका लागि संघ सरकारतर्फ ३ सय ५८ जना र जनही २ लाख रुपैयाँका लागि प्रदेशतर्फ  १ सय ३६ जनालाई सिफारिश उपलब्ध गराएको उनले बताए।

    2cb74a97-d407-4256-9b13-3f6d991421db.jpge8d74129-62df-4b93-80f0-fab5b12661c2.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend