Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गिरिजाको शताब्दी जन्मजयन्तीमा आज फोटो प्रदर्शनी


१८, असार २०८१
  • 161
    SHARES
  • गिरिजाको शताब्दी जन्मजयन्तीमा आज फोटो प्रदर्शनी

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टी पूर्वसभापति तथा शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती पारेर आज फोटो प्रदर्शनी गर्दै छ ।

    कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार यही असार १८ गते (आज) कोइरालाको शताब्दी जन्मजयन्तीको अवसर पारेर फोटो प्रदर्शनी गर्न लागिएको हो । ‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएको फोटो प्रदर्शनी गरिने भएको हो ।

    प्रदर्शनीमा १५० वटाभन्दा बढी तस्बिरहरू राख्ने तयारी कांग्रेसको तयारी छ । प्रदर्शनीमा क्रान्तिको समय, शान्तिकालीन समय र शान्ति प्रक्रियाको समयलाई प्रतिविम्बित गर्ने तस्बिरहरू राख्ने कांग्रेसले जनाएको छ । 

    “क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिताः जोखिम र अनुभव विषयमा विमर्श गर्नेछौँ । जुन फोटोहरू २००७ सालभन्दा अगाडिका र गिरिजाबाबुसहित अन्य नेताहरूको पनि फोटो रहनेछ,” उनले भने, “१५० फोटोहरूले तीन किसिमको चरणहरूको प्रतिविम्बित गर्नेछ । एउटा क्रान्तिको बेलामा, शान्ति अथवा विकासको बारेमा र पछि शान्ति प्रक्रियासँग जोडिएका फोटोहरू हुनेछन् ।”

    आजै ‘क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिताः जोखिम र अनुभव’ विषयमा विमर्श पनि गर्ने विश्वकर्माले बताएका छन् । जसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र एमालेका नेता प्रदीप ज्ञवालीले विमर्श गर्नेछन् । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend