Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीको चुत्राबेशीबाट अवैध ३४ बोरा डिएपी मल नियन्त्रणमा


१९, असार २०८१
  • 356
    SHARES
  • अर्घाखाँचीको चुत्राबेशीबाट अवैध ३४ बोरा डिएपी मल नियन्त्रणमा

    रुद्रमणि भुसाल, अर्घाखाँची । अर्घाखाँचीको चुत्राबेसिमा अबैध अनाधिकृत रुपमा कृषि सहकारीको मल बिक्री गर्न लुकाइ राखेको साँढे ३४ बोरा डिएपी मल घरेलु तथा साना उद्योगको आयोजनामा गरिएको जिल्ला संयुक्त अनुगमन टोलीले नियन्त्रणमा लिएको छ । 

    अर्घाखाँची सन्धिखर्क –२ चुत्राबेशीको भुसाल एग्रोभेटबाट साढे १७ बोरा र बन्जाडे एग्रोभेटबाट १७ बोरा गरी जम्मा साँढे ३४ बोरा डिएपी मल अबैध हिसाबले लुकी चोरी गरी बेच्ने र अबैध नाफा कुम्लाउने तबरले अनाधिकृत रुपमा,बिक्री गर्ने गरेको र लुकाइ राखेको अबस्थामा जिल्ला प्रशासन कार्यालय , सन्धिखर्क नगरपालिका, कृषि ज्ञान केन्द्र, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग बाणिज्य संघ, चेम्बरअफ कमर्स,नेपाल पत्रकार रोहबरमा छापा हानी जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत सन्तोष खनालले बताउनु भयो । 

    नेपाल सरकारले भुमिकास्थानको सहकारीलाई अनुदानमा दिएको उक्त मल कमिसनको चलखेलमा एग्रोभेटहरुलाई बेच्नदिने पाइएको छ । कृत्रिम अभाव खडा गर्ने गरी उक्त पसलहरुले अनाधिकृत रुपमा,बिक्री गर्ने गरेको पाइएको छ । पछील्लो समय युरिया मलको अर्घाखाँचीमा अभाव हुँदा खेती पाती गर्ने सिजनमा मकैमा राख्न ठिक्क परेका किसानहरुले थप सास्ती बेहोर्नु परेको छ । 

    अर्घाखाँचीमा युरीया मलको अभाव भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयका साहयक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यको नेतृत्वमा गएको अनुगन टोलीले सन्धिखर्कमा रहेका शान्ति बगैचा, फुदबाङ्ग, मिडिया चोक, र चुत्राबेशीमा रहेका अग्रोभेट हरुको अनुगमन गरिएको हो । जफत गरिएको डिएपी तथा कालो मल सन्धिखर्क नगरपालिकामा राखिएको छ ।

    Messenger_creation_995471af-22be-43fd-b719-c2e80cba9952.jpeg

     

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend