Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसद्वारा एमालेसँग भएको समझदारी अनुमोदन


१९, असार २०८१
  • 200
    SHARES
  • कांग्रेसद्वारा एमालेसँग भएको समझदारी अनुमोदन

    काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेसँग आगामी सत्ता सहकार्यबारे भएको समझदारीलाई अनुमोदन गरेको छ ।

    बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले एमालेसँग भएको समझदारीलाई अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए ।

    देशलाई सुशासन, स्थायित्व र आर्थिक समृद्धितर्फ लैजाने उद्देश्यका साथ पार्टीले एमालेसँग सहकार्य गरेको उल्लेख गर्दै उनले  यो मुद्दामा सहमत  अन्य  दललाई पनि गठबन्धनमा जोड्ने समझदारी बनेको जानकारी दिए ।

    प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापन गरेपछि नयाँ सरकारको नेृतत्व सुरुमा एमालेका अध्यक्ष केपी ओलीको रहने र दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म सरकारको नेतृत्व देउवाले गर्ने मूल समझदारी भएको महतले जानकारी दिए । यो समझदारीलाई कांग्रेस बैठकले स्वागत पनि गरेको महतको भनाइ छ ।

    यस्तै बैठकले पार्टी सभापतिले भ्रातृ संस्थाको सम्बन्धमा र निर्देशक समितिको सम्बन्धमा गरेको निर्णय पनि अनुमोदन गरेको छ । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend