Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सिद्धार्थ पब्लिकेशनका पूर्वअध्यक्ष ज्ञवालीको निधन


२०, असार २०८१
  • 175
    SHARES
  • सिद्धार्थ पब्लिकेशनका पूर्वअध्यक्ष ज्ञवालीको निधन

    बुटवल । दैनिक लुम्बिनीको प्रकाशन संस्था सिद्धार्थ पब्लिकेशन प्रालिका पूर्व अध्यक्ष एंव समाजसेवी ऋषि ज्ञवालीको बिहिवार बिहान निधन भएको छ ।

    ६८ वर्षीय ज्ञवालीको उपचार गर्दागर्दै काठमाडौंको मेडिसिटी अस्पतालमा बिहान ३ बजे निधन भएको हो । पाँच महिना अघि उहाँको मृगौला प्रत्यारोपण भएको थियो ।

    २०१३ साल भदौ २४ गते भारतको शिलाङमा जन्मनुभएका ज्ञवाली तत्कालीन नेकपा एमालेमा संगठित भई राजनैतिक आन्दोलनमा क्रियाशिल हुनुहुन्थ्यो । उहाँ लामो समय मणिमुकुन्द सेन उद्यानको उपाध्यक्ष भई उद्यानको संस्थागत विकासमा योगदान गर्नुभएको थियो ।

    एन्फा एकेडेमीमा आबद्ध भई फुटवलको व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । बुटवलमा केन्द्रीय कार्यालय भएको सिद्धार्थ डेभलपमेण्ट बैंकको स्थापनाकालमा सञ्चालक रहनुभएका उहाँ यहाँका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्थ्यो । स्वर्गीय ज्ञवालीको विहिवार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँका एक छोरा र दुई छोरी छन् ।

    सिद्धार्थ पब्लिकेशनका अध्यक्ष मोहन चापागाईले शोक विज्ञप्ति निकाल्दै पूर्व अध्यक्ष ज्ञवालीको निधनले स्तब्ध बनाएको बताउनुभएको छ । ‘स्वर्गीय ज्ञवालीले दैनिक लुम्बिनीको संस्थागत विकासमा पुर्‍याउनुभएको योगदान अतुलनीय छ, यो योगदान हामीले सधैं सम्झने छौं, हाम्रा अभिभावकले मार्गनिर्देश गरेको बाटो हामीलाई सधैं प्रेरणादायी हुनेछ,—विज्ञप्तिमा भनिएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend