गुल्मी । शुक्रबार दिउँसो रेसुंगा नगरपालिका-४ रायढुंगामा डबल क्याप जिपले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक घाईते भएका छन ।
जिपको ठक्करबाट तम्घासबाट धुर्कोटतर्फ जादै गरेका रेसुङ्गा नगरपालिका-८ निवासी ४३ बर्षीय देवबहादुर वि.क. घाईते भएका हुन् ।
तम्घासबाट धुर्कोटतर्फ गइरहेको लु १ प १३ प ७९५० नम्बरको मोटरसाईकललार्ई विपरित दिशा छल्दिपनाहबाट तम्घास आइरहेको लु १ च ७३२७ नम्बरको डबल क्याप जिपले रेसुंगा नगरपालिका-४ रायढुंगामा ठक्कर दिंदा मोटरसाइकल चालक वि.क. घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाईते वि.क.लाई उपचारका लागि गुल्मी अस्पताल तम्घासमा ल्याइएकोमा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको र उनको स्वास्थ्य अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।
मोटरसाइकललाई ठक्कर दिने जिप चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।