Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गौतम गम्भीर भारतीय टीमको मुख्य प्रशिक्षक


२६, असार २०८१
  • 152
    SHARES
  • गौतम गम्भीर भारतीय टीमको मुख्य प्रशिक्षक

    काठमाडौँ–  गौतम गम्भीर भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त हुने पक्का भएको छ ।

    भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जाल एक्समा पूर्व क्रिकेटर गौतम गम्भीर नै अब मूख्य प्रशिक्षक बन्ने जानकारी दिनुभएको छ । ‘म गौतम गम्भिरलाई भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा स्वागत गर्दछु ।’ शाहले लेख्नुभएको छ ।

    आधुनिक क्रिकेट तीव्र गतिमा परिवर्तन भइरहेको अवस्थालाई गम्भीरले नजिकबाट हेरिरहेकोले उनी नै उपयुक्त पात्र भएको शाहले बताउनुभएको छ ।

    आफ्नो करियरमा कठिनाइहरू भोगेका र विभिन्न भूमिकामा उत्कृष्ट प्रदर्शन गरेका गौतम भारतीय क्रिकेटलाई अगाडि बढाउनका लागि आदर्श व्यक्ति हुन् भन्ने भन्ने लागेको बीसीसीआईका सचिव शाहले उल्लेख गर्नुभएको छ ।

    बीसीसीआईका सचिव जय शाह भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा हुनुहुन्छ । गौतम गम्भीर पनि सन् २०१९ मा भारतीय जनता पार्टीमा सामेल भएर पूर्वी दिल्लीबाट सांसद पनि चुनिएका थिए ।

    उनी सरकार र बीसीसीआईका सबैभन्दा शक्तिशाली व्यक्तिसँग पनि नजिक थिए । त्यसपछि उनले राजनीति छोडेका थिए ।

    अहिले भारतीय क्रिकेट टीमको मुख्य प्रतिशकमा नियुक्त गरेर क्रिकेटमा भाजपाको राजनीति घुसाएको भन्दै आलोचना शुरु भएको छ । भारतीय क्रिकेट टीमका नयाँ प्रशिक्षकले लगातार तीन वर्ष काम गर्ने अवसर पाउनेछन् । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend