Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

हसरंगाले दिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेट टीमको कप्तानबाट राजीनामा


२८, असार २०८१
  • 130
    SHARES
  • हसरंगाले दिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेट टीमको कप्तानबाट राजीनामा

    काठमाडौँ । श्रीलंकाली स्पिनर वानिन्दु हसरंगाले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानीबाट राजीनामा दिएका छन् ।

    भारतसँग यसै महिनाको अन्त्यमा हुने तीन ट्वान्टी–२० र तीन एकदिवसीय शृंखलाअघि उनले कप्तानी पदबाट राजीनामा दिएका हुन् ।

    भारत र श्रीलंकाबीचको शृंखला ट्वान्टी–२० सिरिजबाट सुरु हुनेछ, जसको पहिलो खेल २६ जुलाईमा हुनेछ । श्रीलंका क्रिकेट बोर्डका अनुसार हसरंगाले आफ्नो राजीनामापत्रमा आउने नेतृत्वलाई पूर्ण समर्थन गर्ने वाचा गरेका छन् ।

    ‘एक खेलाडीको हैसियतमा श्रीलंकाका लागि म सधैं आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्नेछु । साथसाथै टोली र नेतृत्वलाई पनि पूर्ण समर्थन गर्नेछु,’ पत्रमा भनिएको छ ।

    हसरंगाले ट्वान्टी–२० विश्वकपमा श्रीलंकाली टोलीको कप्तानी गरेका थिए । तर, उनको कप्तानीमा श्रीलंकाले राम्रो प्रदर्शन गर्न सकेन र प्रतियोगिताको समूह चरणबाटै बाहिरियो ।

    श्रीलंकाले प्रतियोगितामा नेदरल्यान्ड्सलाई मात्रै पराजित गर्न सकेको थियो । बंगलादेश र दक्षिण अफ्रिकासँग हार बेहोरेको श्रीलंकाले नेपालसँग भने वर्षाका कारण एक अंक बाँडेको थियो ।

    हसरंगा कप्तानको भूमिकामा एकदमै नयाँ थिए । उनलाई कप्तानबाट हटाउन दबाब थिएन । हसरंगाले पनि यस वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल)भन्दा श्रीलंकाबाट खेल्न प्राथमिकता दिएका थिए ।

    हालै क्रिस सिल्भरउडले श्रीलंकाको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । त्यसैले पूर्वक्रिकेटर सनथ जयसूर्यालाई श्रीलंकाको अन्तरिम प्रशिक्षकमा नियुक्त गरिएको छ ।

    जयसूर्याले भारतविरुद्धको घरेलु ट्वान्टी–२० र एकदिवसीय शृंखलामार्फत प्रशिक्षकमा डेब्यु गर्नेछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend