Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एसीसी यू–१६ इस्ट जोन कपमा नेपालको ह्याट्रिक


१९, असार २०८०
  • 227
    SHARES
  • एसीसी यू–१६ इस्ट जोन कपमा नेपालको ह्याट्रिक

    काठमाण्डौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट उपाधिमा लगातार जितको ह्याट्रिक गरेको छ । लगातार तेस्रो उपाधि जित्ने क्रममा नेपालले मंगलबार घरेलु टिम मलेसियालाई २२१ रनको फराकिलो अन्तरले पराजित गर्यो । 

    जितका लागि २५३ रनको फराकिलो चुनौती पछ्याएको मलेसियाले ३१ रनमात्र बनाउन सक्यो । उसले १४.५ ओभरमात्र क्रिजमा टिकेर ३१ रन बनाएको हो । मलेसियाका लागि मुहम्मद अक्रमले सर्वाधिक १० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा कप्तान अभिशेक तिवारीले ६ ओभरमा १ मेडन राख्दै ७ रन खर्चेर ५ विकेट लिए । 

    त्यस्तै सन्तोष यादवले ३ ओभरमा २ मेडन राख्दै ९ रन खर्चेर ३ विकेट लिए । सागर गैरेले ५ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । त्यस्तै अशोक धामीले ५ बल गर्दै १ रन दिएर १ विकेट लिए । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २५२ रन बनायो । नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनाएको हो । 

    नेपालका लागि नरेनले शानदार शतक बनाए । उनले ८९ बलमा २ छक्का १० चौकाको मद्धतले अविजित रहँदै ११२ रन बनाए । निरजकुमार यादवले ४९ बलमा ४७, सन्तोष यादवले २९ बलमा २६ तथा सूयाँशु कोइरालाले २३ बलमा १८ रन बनाए । मुहम्मद अक्रमले ३ विकेट लिए । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend